नेविसंघ ठाकुर राम एकाई समितिकाद्वारा क्याम्पसको मुल गेटमा  धर्ना

5 वर्ष पहिले प्रकाशित

(2078-10-07 B.S.)

4174 पटक देखिएको

पवन प्रसाद साह 

 नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिका सभापति मनोज कुमार साहको नेतृत्वमा शुक्रवार हरिखेतान बहुमुखी क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना दिएका छन्।

यस्तै कार्यक्रम अनुसार माघ ९ गते आइतवार सञ्चालक समितीका सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने र छलफल गर्ने, १० गते पर्सा जिल्लाका पार्टी सभापतिहरुलाई ज्ञापन पत्र बुझाउने, ११ गते घण्टाघरमा हस्ताक्षर अभियान सञ्चालन गर्ने र १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत दबाबमुलक म्यासेज पठाउने र अन्तिममा शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको संघका एकाई अध्यक्ष साहले बताए ।

यस्तै, संघले क्यु.ए.ए. क्वालिफाईड क्याम्पस भएकोमा टियुको युजिसि ग्रान्टको रकम कुन ठाउँमा र कसरी खर्च हुने गरेको छ त्यो पनि सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्नाको प्रक्रिया तथा भर्ना गरिएको कर्मचारीहरु बर्षाै बर्षाैदेखि कार्यरत हुँदा निजहरूको सञ्चय कोषको रकम वा समाजिक सुरक्षा कोषको रकम कट्टा गरि सम्बन्धित कार्यालय किन जम्मा नगरि निजहरु प्राप्त गर्ने सुबिधाहरुबाट किन बञ्चित गरेको त्यो पनि सार्वजनिक गर्नुपर्ने लगायतको नेवि संघले माग रहेको छ ।

अन्य   मागहरुमा हरिखेतान बहुमुखी क्याम्पसलाई सामुदायिक क्याम्पस सरह सन्चलन गर, त्रिभुवन बिश्व बिधालय अनुदान आयोगको खर्च सार्वजनिक गर ,त्रिभुवन बिश्व बिद्यालय अनुसारको शुल्क कायम गर, विद्यार्थीहरुलाइ पाउने गरिब तथा जेहन्दार विद्यार्थीको फ्री सीप कायम गर, २० बर्ष देखिको आय व्यय सार्वजनिक गर ,२० बर्ष देखि एउटै क्याम्पस प्रमुख किन ? ,क्लास नगरि लिएको शुल्क फिर्ता गर ,२०% फ्री सिपको कोटा सार्वजनिक गर,  संचालक समितिको अधुरो रहेको नाम सार्वजनिक गर र अधुरो रहेको पदमा व्यक्ति न्युक्ती गर,  कर्मचारीहरुलाइ सन्चय कोष वा सामाजिक सुरक्षाकोषमा दर्ता गर, होस्टेल निर्माणको गुणस्तरीय छानबिन गर र खर्चहरु सार्वजनिक गर,कोरोना विदामा विद्यार्थी संग लिएको शुल्क मिन्हा गर, अभिभावक भेलावाट सन्चालक समिति गठन गर,लगायत का मागहरु राखेका छन्।

उक्त धर्नामा ने.वि.संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,दिना गुप्ता, बिटु पटेल,राहुल ठाकुर,सुधन्सु चौरसिया,राहुल चौरसिया सहभागी रहेका थिए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले