फोहोर तथा प्लास्टिक टिप्दै देशका कर्णधारहरु

5 वर्ष पहिले प्रकाशित

(2078-10-07 B.S.)

4467 पटक देखिएको

                           स्वदेशमै रोजगार अरे!

ममता शर्मा

देश विकासमा आइपर्ने चुनौतीहरु मध्य रोजगार पनि एक हो । कयौ व्यक्तिहरु रोजगार नपाएर बिदेशिन बाध्य छन् त कतिपय व्यक्तिहरु यथावत जीविकोपार्जनपार्जनमा आइपर्ने कठिनाई झेल्दै स्वदेशमै बसेका छन् ।

वास्तवमा रोजगारी आर्थिक स्तर उच्च भएका व्यक्तिहरु  द्वारानै सिर्जना हुन्छ र हाम्रो देशमा धेरै जसो आर्थिक स्तर उच्च भएका व्यक्तिहरुमा नेता ,मन्त्रि ,हाकिम ,सांसद पर्दछन र यस्ता व्यक्तिहरुको हाम्रो देशमा तुलनात्मक रुपमा आय बढी रहेको देखिन्छ। यस्ता व्यक्तिहरुको जिविकोपार्जन सुखदायी ,आरामदायी र उल्लासपूर्ण रहेको हामी प्रत्यक्ष वा अप्रत्यक्ष देख्छौ र यी सबै कुराको देन जनताको मेहनत हो । जनताले गरेको मेहनतबाट आर्जन गरेका अर्थबाट लिएको करले  नै सरकार चलेको छ र नेताहरुको मौज र मस्तीको रजाइ बढेको छ र आज म नै मालिक हु भनाउँन सफल छन् । जनताले सरकार र सरकारी स्वामित्व मा काम गर्ने व्यक्तिहरुलाइ सहजताको बाटो दिएको छ । तर यहि सरकार आफ्नो जनतालाइ झुठा आशा दिलाशा बाहेक अरु केहि दिन सकेको छैन ।

सडक तथा सडकको पेटीमा प्लास्टिक उठाईरहेको यी बालबालिकाको दृश्य महोत्तरीको गौशाला नगरपालिका वडा न.५ स्थित रहेको त्रिभुवन माध्यमिक विद्यालयको अगाडी रहेको पेटीको हो । जुन एकदमै फोहोरमयी  छ र त्यहि फोहोर टिपिरहेका छन् ,गौशाला नगरपालिकाका कर्णधारहरु !

बर्दिबास नगरपालिका स्थित फोहोर टिपीरहेका बालबालिकाहरु 

सहयोग ,अपेक्षा ,आशा उनीहरुलाइ पनि होला तर भनिन्छ जब आफ्ना नै आफ्नो भएनन् त पराइ के आफ्नो हुन्छ, यो कुरा बढी पारिवारिक स्तरमा लागु हुन्छ। निसहाय जनताको बहुमुल्य मत लिएर निर्वाचित भएका व्यक्ति नै आफ्ना हुन्। तर यहाँ अवस्था छ त्यो स्थानीय सरकारको जुन सरकार गरिबको पिडा दुख कष्ट देखेर पनि मौन छ ।

यस्ता कार्य गर्ने बालबालिकालाइ सडकमा हेरेर हिड्ने मान्छेहरुले कठै बरी ! त भन्छन तर लाग्छ यहाँको स्थानीय सरकारले त त्यो पनि भन्दैन। कसले देखेको छैन होला र !

अनेकौ संस्था ,प्रशासन ,निकाय भएपनि स्वार्थहिन कार्य गर्ने कोहि छैन । चुनावमा करोडौ खर्च गर्ने प्रतिनिधिहरु नि:शुल्क सहयोगमा अगाडी बढ्न सकेनन् ।  “म गरिबहरुको लागि धेरै कार्य गर्ने छु ,किसानको लागि अनेकौ सहजता उपलब्ध गराउने छु ,बालबालिकाको शिक्षा ,स्वास्थ्य प्रति चासोको साथ बिभिन्न गतिबिधिहरु अघि सार्ने छु ,यो गर्छु ,त्यो गर्छु “ । यस्ता भाषण अनेकौ मानिसहरुको मुखबाट हामीले सुनेका छौ तर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान हाम्रो देशका  जनप्रतिनिधिहरुमा बढी लागु छ ।

स्थानीय निकायको उदासिनताले यस्ता सडक बालबालिकाको भविष्यमाथि खेलवाड भईरहेको छ । हामी सोच्न पनि सक्दैनौ कि उनीहरु यस्तो चिसोमा सहाराबिना कसरि बाचीरहेका छन् ।

आफ्नो छोराछोरीमाथि यस्तो समस्या बितेको कसैले कल्पना पनि गर्न सक्दैनन् तर यहि स्थानीय सरकारले रेखदेख गर्नुपर्ने सडक  बालबालिका सडक भौतारिरहेका छन् । उनीहरुलाइ मार्ग दर्शक गर्ने न त कुनै आफ्ना छन् न स्थानीय सरकार न स्थानीय सरकारका कार्यहरु  ।

स्थानीय सरकारले केहि गर्न नसकेको भनेर पनि हामी भन्न सक्दैनौ  तर जति गर्नुपर्ने हो त्यति गरेको देखिदैन । आखिर बनेका स्थानीय सरकारका नियमहरु ति टुहुरा जनता समक्ष पुग्न सकेनन । सबभन्दा बढी सोचाइमा आउने कुरा त यहि हो कि भोलि पर्सि उनीहरुको भविष्य कस्तो होला ?

सरकारी तथा सम्पूर्ण स्थानीय निकाय ,जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय , जनस्वास्थ्य कार्यालय ,जिल्ला शिक्षा कार्यालय ,बालकल्याण समिति तथा संगठनहरुले यस्ता कुरामा निष्पक्ष चासो लिएर कार्य गरे सायद यिनीहरुको भविष्य उज्वल हुनेछ होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले