मधेश प्रदेशमा कोरोनाको जोखिम उच्च  , छैन नागरिकलाई डर 

4 वर्ष पहिले प्रकाशित

(2078-10-09 B.S.)

5730 पटक देखिएको

माघ ९

मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ ।
सरकारले  कोभिड १९ को सङ्क्रमण दरको अवस्थालाई नियालेर कुनै पनि स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने र त्यो २५ जनामा पनि स्वास्थ्य सतर्कताका मापदण्ड पालन गर्नुपर्ने भनेको छ। तर मधेश प्रदेशका प्राय जिल्लाहरुमा जनसमुदायहरुले यस परे चासो दिएका छैनन् ।
ओमिक्रोन भेरियन्टका लक्षण कडा नदेखिएको र सामान्य अवस्थामा भित्रभित्रै सङ्क्रमण तीव्र हुन सक्ने जोखिमका कारण डिसिएमसीमा २५ जनाभन्दा भेला हुन नपाउने भनिएको थियो।
तर धेरै जसो मानिस अहिले पनि हेलचेक्राई गर्ने गरेका छन् मास्कको प्रयोग पनि न्यून रुपमा मात्र गरिएको पाइन्छ ।
हनहनती ज्वरो आउनै पर्ने, उठ्नै नसक्ने गरी बिस्तरामा लड्नैपर्ने, खाना खानै नसक्ने, असह्य पीडा हुनुपर्ने अवस्थालाई मात्र बिरामी भएको अवस्थालाई मात्रै गम्भीर रूपमा लिने बानीका कारण नागरिकले ओमिक्रोनलाई बेवास्ता गरिरहेका छन्।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामका अनुसार यस प्रदेशमा पछिल्लो एकसाता यता कोरोना संक्रमितको बिरामी तीन गुणाले बढेको छ ।
यसरी संक्रमित बढिरहदा पनि प्रदेशका कुनै पनि जिल्लाको सीमा नाकामा हालसम्म होल्डिङ्ग सेन्टर स्थापना गरिएको छैन । पूर्वमा सप्तरी र पश्चिममा पर्सासम्म ४६४ किलोमिटर भारतसँग खुला सीमा छ । यस प्रदेशका बाराबाहेकका ३३ वटा भन्सार कार्यालय, ४१४ किमी मुख्य सडक, २२९ किमी बाटो र करिब ५५७ स्थानका गल्लीबाट नेपाल–भारत आवतजावत हुने गरेको छ । भारतबाट भित्रिने नागरिकलाई सीमामा स्वास्थ्य जाँचको लागि मात्र चार वटा हेल्थ डेस्क स्थापना गरिएको छ । भारतमा तीव्र रुपमा फैलिएको कोरोनाको डरले घर फर्किरहेका नेपाली नागरिकको सीमामा स्वास्थ्य जाँच राम्ररी भइनरहेको सहजै अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

17 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले