नि:शुल्क मानवअधिकारसम्बन्धी मोबाइल गेम एप सार्वजनिक
९ माघ
यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा एम्नेस्टी इन्टरनेसनलले पछिल्लो पुस्ताका मानवअधिकार रक्षकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रता जस्ता अधिकारहरूको बारेमा शिक्षित गर्ने उद्देश्यका साथराइट्स आर्केड (Rights Arcade) नामक एउटा नि:शुल्क मानवअधिकारसम्बन्धी मोबाइल गेम एप सार्वजनिक गरेको छ।
कार्यगत शिक्षामार्फत मानवअधिकार अभियानलाई सुदृढ गर्नको लागि राइट्स आर्केड मोबाइल गेमको विकास गरिएको हो। यस एपमा भएका गेमहरूले प्रयोगकर्ताहरूको मानवअधिकारसम्बन्धी ज्ञानलाई बढाउनेछ र उनीहरूलाई मानवअधिकारका सवालमा "एक्सन" लिनका लागि प्रोत्साहित गर्नेछ।
राइट्स आर्केडको एउटा प्रमुख विशेषता भनेको यसको स्वनियन्त्रित पद्धति हो जसले प्रयोगकर्ताहरूलाई गेममा भएको कथाहरूमार्फत आफ्नै गतिमा मानवअधिकारबारे सिक्ने, समिक्षा गर्ने र अभियानात्मक गतिविधिहरू संचालन गर्ने वा त्यसमा सहभागी हुने अवसर प्रदान गर्दछ।
"संसारभरिका मानिस, अझ विशेषगरी युवावर्गहरूलाई आकर्षक ढङ्गमा मानवअधिकारका विषय सिक्न सशक्तिकृत र प्रोत्साहित गर्ने उद्देश्यका साथ यो गेमको विकास गरिएको छ,” एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार्डले भनिन्।
"आज र भोलिको मानवअधिकारको एजेण्डा तय गर्नका लागि युवाहरूको भूमिका निर्णायक हुन्छ। नयाँ पुस्ताका अभियन्ताहरूलाई आज र भोलिका दिनमा पनि मानवअधिकारका लागि लड्न र मानवअधिकार संरक्षणमा जुट्न सशक्त र सक्षम बनाउनका लागि उनीहरूले बसोवास गरेको वा उनीहरू नियमित रूपमा सहभागी हुने ठाउँमा पुग्नु महत्त्वपूर्ण हुन्छ।"
प्रयोगकर्ताहरूले तीन जना व्यक्तिहरूको वास्तविक जीवनका अनुभवहरूबाट मानवअधिकारको यात्रा गर्नेछन्: बङ्गलादेशमा डिजिटल सुरक्षा ऐनअन्तर्गत अन्यायपूर्ण आरोप लगाइएका कार्टूनिस्ट अहमद कबीर किशोर; चीनमा कोभिड-१९ को बारेमा रिपोर्टिङ्ग गरेकै कारण चार वर्षको जेल सजाय सुनाइएकी नागरिक पत्रकार झाङ झान; र थाइल्याण्डमा विरोध प्रदर्शन गरेको आरोपमा २५ भन्दा बढी अभियोगहरू लगाइएका विद्यार्थी अभियन्ता पानुसाया सिथिजिरावत्तानाकुल।
"यो गेमले युवाहरूमा मानवअधिकारसम्बन्धी केही आधारभूत ज्ञान प्रदान गर्ने मात्र नभई यसले उनीहरूलाई अन्यायविरुद्ध उभिन र सत्य तथा न्यायको पक्षमा बोल्न सशक्त बनाउने र उत्प्रेरित गर्ने छ," एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थापालियाले भने।"हामीले यो गेममार्फत हाम्रा हजारौँ युवा सदस्य तथा समर्थकहरूलाई सहभागी गराई उनीहरूलाई मानवअधिकार परिवर्तनका लागि सिक्न र अभियानात्मक गतिविधिहरू गर्न सक्षम बनाउने आशा गरेका छौं।"
वास्तविक घटनाहरूलाई कथानक अनुभवहरूको रूप दिई समावेश गरिएका यस गेमका कथाहरू प्रयोगकर्ताको छनौटद्वारा संचालित हुन्छन्। मानवअधिकारको आफ्नै बुझाइमा आधारित निर्णयहरूमार्फत र दैनिक जीवनमा मानवअधिकारका अवधारणाहरू कसरी लागू हुन्छन् भन्ने कुरा पत्ता लगाएर प्रयोगकर्ताहरू तीनवटा मुख्य पात्रहरूको भूमिकामा रही उनीहरूको अनुभवहरूलाई आफ्नै अनुभव जसरी अगाडि बढ्नेछन्। विश्वभरका मानिसहरूले हाल चार भाषाहरूमा उपलब्ध तीन गेमहरूको संग्रह प्रयोग गर्न सक्नेछन्: अंग्रेजी, सरलीकृत चिनियाँ, थाई र कोरियन।
राइट्स आर्केडलाई आइओएस र एन्ड्रोइड प्लेटफर्महरूमा डाउनलोड गर्न सकिन्छ।यसले खराब इन्टरनेट भएका क्षेत्रहरूमा पनि यो गेमको पहुँचलाई सुनिश्चित गरेको छ। आउने महिना र वर्षहरूमा नयाँ गेमहरूसँगै राइट्स आर्केडलाई नियमित रूपमा थप भाषाहरूमा सिक्न सकिने बनाउनका लागि समायोजन र अद्यावधिक गरिनेछ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments