चोरीका नगद र गरगहनासहित दुई नाबालक पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-10-14 B.S.)

3843 पटक देखिएको

सप्तरी, राजबिराज ।

प्रहरीले छिमेकमा रहेको पसलमा एका बिहानै ताल्चा फुटाएर लाखौंको धनमाल चोरी गर्ने दुई नाबालकलाई चोरीको सामानसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियाका १३ र १४ वर्षिय दुई बालक छन् ।

प्रहरीका अनुसार छिमेकमै रहेको ज्ञानु साह सुडीको कृष्णा जेनरल स्टोर्समा बुधबार बिहान ३ बजेतिर पसलको ताल्चा फुटाई उनीहरुले नगद, रिचार्ज कार्ड तथा सुनचाँदीका गरगहना लगायतका सरसमान चोरेर लगेका थिए ।

उनीहरुले चोरी गरेका सामान पनि प्रहरीले घरमै बाकस र खाटमुनी लुकाई राखेको अवस्थामा बरामद गरेको छ । अघिल्लो दिन घरबाटै पक्राउ परेका उनीहरु ’लाइ जिल्ला प्रहरी कार्यालयले शुक्रबार सबै विवरण सार्वजनिक गरेको छ ।

चोरीमा संलग्न नाबालक भएकाले उनीहरुको नाम गोप्य राखिएको डिएसपी माधवप्रसाद काफ्लेले बताए । उनीहरुको घरबाट सुडीको पसलमा चोरी गरिएका ४२ हजार २ सय ८० नेपाली तथा ६ हजार २ सय ७० भारतीय रुँपैया बरामद गरिएको छ ।

यस्तै सुन जस्तो देखिने ८ तोला २ आना धातुको गरगहना र ४३ तोला चाँदी जस्तो देखिने धातुको गरगहना र ६१ हजार २ सय ५० मुल्य बराबरको रिचार्ज कार्ड पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका दुबैले सुडीको पसलमा चोरी गरेको स्वीकारेका छन् । पक्राउ परेका दुबै जनालाई अहिले जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले