निगौल मा.वि. का छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण
ममता शर्मा
माघ २० , गौशाला ।
महोत्तरीको गौशाला नगरपालिका वडा न.२ निगौल स्थित रहेको निगौल मा .वि मा अध्ययनरत छात्रछात्राहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यालयको व्यवस्थापन समितिद्वारा आयोजित र जसपाका केन्द्रिय सदस्य लक्ष्मी महतो र नेत्री राम कुमारी महतोद्वारा व्यवस्थापन गरिएको शैक्षिक कार्यक्रममा छात्रछात्राहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको हो । मधेश प्रदेशका अर्थ मन्त्रि माननीय शैलेन्द्र साहको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार सिंहले जानकारी दिएका छन् ।
विद्यालयमा कक्षा १ देखि १२ मा अध्ययनरत विपन्न तथा गरिब परिवारका ४ सय १४ जना विद्यार्थीहरुलाई कापी १ दर्जन र कलम वितरण गरिएको छ । त्यस्तै जन्म दर्ता तथा नागरिकता नभएका ४ जना विद्यार्थीहरुलाई समाज सेवी नेता लक्ष्मी महतोले स्वयं अभिभावकको रुपमा विद्यालयमा भर्ना गराएका छन् भने उनीहरुलाइ शैक्षिक सामग्री स्वरूप ड्रेस पनि वितरण गरेका छन् ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै जसपाका केन्द्रिय सदस्य तथा समाजसेवी नेता लक्ष्मी महतोले आफुले वर्षौ देखि सक्रिय रुपमा राजनीति गरिरहेको बताउदै शिक्षा क्षेत्र उकास्नको लागि सक्दो प्रयास गर्दै जाने र विपन्न दलित तथा असहाय बालबालिकाहरुलाई स्वयम अभिभावक बनि भर्ना गरेर पढ्न प्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै जसपाका जिल्ला सदस्य तथा महिला नेत्री रामकुमारी महतोले समाजमा शिक्षाले उल्लेख्य योगदान पुर्याउने भएकोले यस क्षेत्रका विद्यालयका विद्यार्थीहरुलाई हरेक तवरले सहयोग गर्ने बताउनु भयो ।
त्यसैगरि प्रमुख अतिथि मन्त्रि साहले नेपालको शिक्षा नीतिमा परिवर्तनको आवश्यकता रहेको बताएका छन् । विद्यालय व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाइ भएपनि सो जिम्मा पुरा गर्न स्थानीय सरकारले चासो नलिएको उनले बताए । स्थानीय सरकार आफ्नो जिम्मा पुरा गर्न उदासिन छ, उनले भने, "शिक्षाको स्तरमा मधेश पछाडी परेको छ । प्रदेश सरकारको मातहतमा स्कुल पर्दैन जसले गर्दा स्थानीय सरकारले नै शिक्षालाइ प्राथमिकताको साथ उकास्न लाग्नुपर्ने हुन्छ ।"
देश विकास गर्नको लागि बालबालिकालाइ शिक्षा दिनु जरुरि रहेको उनले जिकिर गरे । "विकास भनेको सडक निर्माण गरेर ,मठमन्दिर बनाएर हुदैन बालबालिकाको तथा समाजको शैक्षिक स्तर उकास्नको भैपरी छ "उनले भने ।
शिक्षाको क्षेत्रमा जोड दिदै मधेश सरकारले छात्रालाइ साइकल वितरण ,ल्यापटप वितरण , बिमा गर्ने जस्ता शैक्षिक कार्यक्रम संचालन गर्ने उनले जानकारी दिएका छन् । त्यस्तै १० कठ्ठा खेतमा किसानी गर्ने किसानलाइ मलखाद किन्नको लागि वार्षिक रुपमा १० हजार उपलब्ध गराइने पनि बताए । साथै शिक्षा क्षेत्रमा अविस्मरणीय कार्य गर्दै आएका समाजसेवी लक्ष्मी महतो र नेत्री रामकुमारी महतोको अभियानलाइ सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
निगौल मा .वि मा रहेका भवनको अवस्था एकदमै जिर्ण रहेकोले प्रदेश सरकार समक्ष सहयोगको निम्ति विद्यालयले अर्थ मन्त्रि साहलाइ ज्ञापन पत्र समेत बुझाएको छ । एउटा कक्षामा १ सय जना भन्दा बढी विद्यार्थी उक्त जिर्ण अवस्थामा रहेको भवनमा जोखिम मौलेर पढ्न बाध्य भएकोले यस समस्याको निराकरण गर्न विद्यालयले माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्रि साहले जति सक्दो छिटो ४ कोठे भवनको व्यवस्था गर्ने प्रतिवाद्धता व्यक्त गरेका छन् ।

शिक्षाको स्तर बढाउने भूमिका निर्वाहस्वरूप संचालन गरिएको उक्त शैक्षिक कार्यक्रममा अर्थ मन्त्रि शैलेन्द्र साह ,समाजसेवी लक्ष्मी महतो , नेत्री रामकुमारी महतो ,जसपाका नगर अध्यक्ष कुमरकान्त झा ,पार्टीको सल्लाहकार नवल किशोर यादव ,प्रदेश सदस्य विनोद कुमार महतो ,केन्द्रिय सदस्य रमेश कुमार महतो ,विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार सिंह ,शिक्षक विनय सिंह लगायत अन्य शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments