प्रहरी प्रशासनको लापरवाही ,आन्दोलित गौशाला उद्योग वाणिज्य संघ 

4 वर्ष पहिले प्रकाशित

(2078-10-23 B.S.)

3068 पटक देखिएको

निरन्जन साह 

गौशाला ,माघ २४ 

प्रहरी प्रशासनको लापरवाहीको कारणले गौशाला उद्योग वाणिज्य संघ आन्दोलित भएको छ । महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको इलाका प्रहरी कार्यालयले आफ्नो जिम्मेवारी राम्ररी बहन नगरेपछि व्यापारीहरु आक्रोशित भएका छन् । सोमबार विभिन्न माग सहित गौशाला उद्योग वाणिज्य संघले प्रदर्शन गरेको छ  

गौशाला उद्योग वाणिज्य संघको अध्यक्ष रामराजा प्रसाद साहको नेतृत्वमा भएको प्रदर्शनमा गौशालाका व्यापारीहरु सहभागी छन् 

बजारमा चोरीका घटनाहरुको यथासिघ्र छानविन गरि दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने ,बजारमा पूर्ण रुपले शान्ति सुरक्षा व्यवस्था कायम गर्नुपर्ने ,रातिको समयमा प्रत्येक बजार प्रवेशद्वारमा चेकजाचको व्यवस्था कडा गर्नुपर्ने ,शान्ति सुरक्षा दिन नसक्ने प्रहरी प्रमुखलाइ यथासिघ्र सरुवा गर्नुपर्ने ,रात्रिको समयमा प्रहरीद्वारा पैदल गस्ती गर्नुपर्ने लगायतको माग गर्दै संघले गौशाला बजारभरि परिक्रमा गरि प्रदर्शन गरेको छ 

गौशाला बजारमा बिगतका दिनहरुमा चोरीका घटनाहरुमा वृद्धि भईरहेको छ  बजार स्थित रहेको मिथिलांचल कम्प्लेक्समा केहि दिन अगाडी चोरी भएपछी व्यापारीहरु त्रसित भएका छन् । त्यति मात्र नभएर यहाँ मोटरसाइकल चोरीका घटना पनि प्राय घट्ने गरेका छन्  यतिका घटनाहरु घट्दा पनि प्रहरी प्रशासन मौन र निगरानीमा लापरवाही भएकोले बाध्य भएर आन्दोलनका चरणहरु गौशाला उद्योग वाणिज्य सघले घोषणा गरेका हुन् । त्यसकै अनुसार सोमबार १२ बजेसम्म सम्पूर्ण पसल तथा व्यापार बन्द गरिएको छ  

उद्योग वाणिज्य सघले पटक पटक प्रहरी प्रशासनलाइ ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको संघका उपाध्यक्ष देव कुमार महतोले गुनासो गरेका छन् 

इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिष्णु प्रदिप बस्यालले “तपाइँलाइ जे गर्नु छ गर्नुस ,हामीलाई यसमा कुनै मतलब छैन” भन्दै गैरजिम्मेवारीपुर्वक जवाफ दिएको अध्यक्ष साहले गुनासो गरेका छन्  

त्यस्तै उनले  माग पुरा नभएमा भोलि मंगलबार देखि शसक्त आन्दोलन गर्ने  जानकारी दिएका  छन्  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

3 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

3 दिन पहिले

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

9 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

11 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

12 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

3 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

3 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

11 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

21 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

21 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

22 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कु..