मानव अधिकारको गौशालामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
निरन्जन साह
गौशाला ,माघ २४
महोत्तरीको गौशाला नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार निगरानी समुहको अध्यक्ष बिन्देश्वर साहको नेतृत्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा मानव अधिकार कर्मिहरुले गर्नुपर्ने काम कर्ताव्य , स्थानीय सरकार र पत्रकार बीच कस्तो समन्वय र साझेदारी हुन्छ भन्ने विषयमा बृहत छलफल भएको छ । गौशाला नगरपालिकाको पुरानो भवनमा बसेको अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संस्थाका मधेश प्रदेश प्रमुख राजु पासवान ,गौशाला नगरपालिका अन्तर्गत कार्यरत सदस्यहरु ,नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतो ,पशु शाखा प्रमुख रामउदगार महतो लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गौशाला नगर भित्रका सदस्यहरुले मानव अधिकार सम्बन्धि अनेकौ गुनासो उठाएका छन् । शिक्षा स्वास्थ्य ,आवास खाद्यान्न ,सम्बन्धि कार्यलाइ मुख्य कार्यको रुपमा उद्देश्य राखी कार्य गर्दै आएको यस संस्थाले जनता र सम्बन्धित निकाय बिचलाई जोड्ने पुलको काम गरेको राजु पासवानले बताए ।
तर यस संस्थाले त्यस्तो कुनै पनि काम सक्रिय रुपमा नगरेको व्यापक आलोचना सदस्यहरुले गरेका छन् ।
संघका सदस्य रामेश्वर रायले मानव अधिकार संस्थामा जुडेको करिब तिन वर्ष पुग्न लाग्दा पनि आइडीकार्ड समेत नपाएको गुनासो गरे । कुनै ठाउमा गए पश्चात आफ्नो परिचय खुलाउने बाटो नै नरहेको भन्दै उनले दुख व्यक्त गरेका छन् । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनको लागि बृद्धबृद्धाहरुले बैंक धाउनु परेको समस्या छ। नगरपालिकाले वडा वडा मै पैसा पुर्याइदिए जनसमुदायलाइ सहज हुने भन्दै उनले नगरप्रमुखलाइ ध्यानाकर्षण समेत गराएका छन् ।
संघका गौशाला नगरपालिकाका कोषाध्यक्ष रुद्र बहादुर बुर्जा मानव अधिकार कर्मिको गुनासो स्थानीय सरकारले नसुनेको बताए । “जब मानव अधिकारकर्मी गुनासो लिएर जान्छ, अनि जनप्रतिनिधिले समय नभएको भनि टालीदिने काम मात्र गरिदिने गर्दछ ।" उनले भने
स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतोले नगरमा स्वास्थ्य क्षेत्रमा मनग्य प्रगति भएको बताए । १५ शैया बेडको हस्पिटलको निर्माण कार्य भईरहेको जानकारी गराए ।
उपप्रमुख आशा लामाले कार्यक्रममा सामुदायिक प्रहरी साझेदारीलाई पनि जोडिएको भए राम्रो हुने सल्लाह दिनु भयो । उहाले भन्नु भयो ,” प्रहरीले नै जनताको सुरक्षा गर्छ आजको कार्यक्रममा प्रहरी बिचको समन्वय हुदा उचित हुन्थ्यो । त्यस्तै सामाजिक सुरक्षा भत्ताको कुरामा सुरु देखि गुनासो आइरहेको छ । अनलाइन सिस्टमको प्रणाली लागु गरेको जसले गर्दा समस्या सिर्जना भएको बताउनु भयो ।
नगर प्रमुख शिवनाथ महतोले नगर भरिका सम्पूर्ण नागरिकताविहिन नागरिकले नागरिकता दिलाउने सोच नगरको रहेको बताए । उनले भने , “यो समस्याको समाधन स्थानीय सरकारमा नभएर संघीय सरकारको जिम्मेवारी हो यसमा हाम्रो केहि दोष छैन ।
त्यस्तै उनले १० हजार रुपैया कोरोना महामारीबाट पिडित विपन्न परिवारले पाउने रकममा हतार नगरी सहि परिवारहरुलाई छनोट गरि मात्र वितरण गरिने जानकारी समेत गराए ।
सबै मानव अधिकारकर्मीले आफ्नो परिचयपत्र पाउनुपर्ने र सबैजना मिलेर अगाडी बढ्नुपर्ने भन्दै मनतव्य व्यक्त गरेका थिए ।
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
3 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
3 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
9 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
11 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
12 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
3 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
3 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
11 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
21 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
21 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
22 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनद..
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कु..
कमेन्ट गर्नुहोस्
view comments