मानव अधिकारको गौशालामा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

5 वर्ष पहिले प्रकाशित

(2078-10-24 B.S.)

4231 पटक देखिएको

निरन्जन साह

गौशाला ,माघ २४  

महोत्तरीको गौशाला नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार निगरानी समुहको अध्यक्ष बिन्देश्वर साहको नेतृत्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा मानव अधिकार कर्मिहरुले गर्नुपर्ने काम कर्ताव्य , स्थानीय सरकार र पत्रकार बीच कस्तो समन्वय र साझेदारी हुन्छ भन्ने विषयमा बृहत छलफल भएको छ । गौशाला नगरपालिकाको पुरानो भवनमा बसेको अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संस्थाका मधेश प्रदेश प्रमुख राजु पासवान ,गौशाला नगरपालिका अन्तर्गत कार्यरत सदस्यहरु ,नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतो ,पशु शाखा प्रमुख रामउदगार महतो लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गौशाला नगर भित्रका सदस्यहरुले मानव अधिकार सम्बन्धि अनेकौ गुनासो उठाएका छन् । शिक्षा स्वास्थ्य ,आवास खाद्यान्न ,सम्बन्धि कार्यलाइ  मुख्य कार्यको रुपमा उद्देश्य राखी कार्य गर्दै आएको  यस संस्थाले जनता र सम्बन्धित निकाय बिचलाई जोड्ने पुलको काम गरेको राजु पासवानले बताए   ।

तर यस संस्थाले त्यस्तो कुनै पनि काम सक्रिय रुपमा नगरेको व्यापक आलोचना सदस्यहरुले गरेका छन् ।
संघका सदस्य रामेश्वर रायले  मानव अधिकार संस्थामा जुडेको करिब तिन वर्ष पुग्न लाग्दा पनि आइडीकार्ड समेत नपाएको गुनासो गरे । कुनै ठाउमा गए पश्चात आफ्नो परिचय खुलाउने बाटो नै नरहेको भन्दै उनले दुख व्यक्त गरेका छन् । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनको लागि बृद्धबृद्धाहरुले बैंक धाउनु परेको समस्या छ। नगरपालिकाले वडा वडा मै पैसा पुर्याइदिए जनसमुदायलाइ सहज हुने भन्दै उनले नगरप्रमुखलाइ ध्यानाकर्षण समेत गराएका छन् ।

संघका गौशाला नगरपालिकाका कोषाध्यक्ष रुद्र बहादुर बुर्जा मानव अधिकार कर्मिको गुनासो स्थानीय सरकारले नसुनेको बताए ।  “जब मानव अधिकारकर्मी गुनासो लिएर जान्छ, अनि जनप्रतिनिधिले समय नभएको भनि टालीदिने  काम मात्र गरिदिने गर्दछ ।" उनले भने

 स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतोले नगरमा स्वास्थ्य क्षेत्रमा मनग्य प्रगति भएको बताए । १५ शैया बेडको हस्पिटलको निर्माण कार्य भईरहेको जानकारी गराए ।

उपप्रमुख आशा लामाले  कार्यक्रममा सामुदायिक प्रहरी साझेदारीलाई पनि जोडिएको भए राम्रो हुने सल्लाह दिनु भयो । उहाले भन्नु भयो ,” प्रहरीले नै जनताको सुरक्षा गर्छ आजको कार्यक्रममा प्रहरी बिचको समन्वय हुदा उचित हुन्थ्यो । त्यस्तै सामाजिक सुरक्षा भत्ताको कुरामा सुरु देखि गुनासो आइरहेको छ । अनलाइन सिस्टमको प्रणाली लागु गरेको जसले गर्दा समस्या सिर्जना भएको बताउनु भयो ।

नगर प्रमुख शिवनाथ महतोले नगर भरिका सम्पूर्ण नागरिकताविहिन नागरिकले नागरिकता दिलाउने सोच नगरको रहेको बताए । उनले भने , “यो समस्याको समाधन स्थानीय सरकारमा नभएर संघीय सरकारको जिम्मेवारी हो  यसमा हाम्रो केहि दोष छैन ।

त्यस्तै उनले १० हजार रुपैया कोरोना महामारीबाट पिडित विपन्न परिवारले पाउने रकममा हतार नगरी सहि परिवारहरुलाई छनोट गरि मात्र वितरण गरिने जानकारी समेत गराए ।

सबै मानव अधिकारकर्मीले आफ्नो परिचयपत्र पाउनुपर्ने र सबैजना मिलेर अगाडी बढ्नुपर्ने भन्दै मनतव्य व्यक्त गरेका थिए ।     
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले