अदालतबाहिर कुमारी आमाको प्रदर्शन
राजन झा
२५ माघ, जनकपुरधाम ।
बलात्कारको अभियोग लागेका युवकलाई सफाइ दिएको विरोधमा जिल्ला अदालत धनुषाको अगाडि एक महिलाले प्रदर्शन गरेकी छन् ।
महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिका सिंहले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका शिवराज श्रेष्ठविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् । सोमबार न्यायाधीश परशुराम भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो । श्रेष्ठको बलात्कारबाट आफू गर्भवती भएको भन्दै उनले उजुरी दिएकी थिइन् ।

हाल उनको दुई वर्षको छोरा छन् । सिंहले मंगलबार काखे बालक लिएरै जिल्ला अदालतबाहिर प्रदर्शन गरेकी थिइन् । उनलाई केही अधिकारकर्मीले साथ दिएका थिए । आफूलाई प्रेम जालमा पारी शारीरिक सम्बन्ध राखेर स्वीकार नगरेको र गर्भ फाल्न दबाव दिएको उनले बताएकी छन् ।
तीन वर्षअघि जनकपुरधाममा पढ्न बसेकी निहारिका र श्रेष्ठबीच प्रेम थियो । त्यस क्रममा शारीरिक सम्बन्धबाट निहारिका गर्भवती भएकी थिइन् । निहारिकाका अनुसार श्रेष्ठले गर्भ फाल्न दबाव दिएका थिए । उनले गर्भ नफाल्ने अडान लिएपछि श्रेष्ठ वेपत्ता भएका थिए ।
झण्डै सात महिनाअघि प्रहरीमार्फत अदालतमा हाजिर भएका श्रेष्ठलाई सुरुमा अदालतले थुनामा पठाए पनि पछि सफाइ दिएको थियो ।
श्रेष्ठलाई सफाइ दिएको विरोधमा निहारिकाले ‘अब पनि न्याय दिने कि नदिने ?, अपराधीलाई कारबाही गर, सफाइ दिनेमाथि कारबाही गर, मेरो बच्चालाई न्याय चाहियो’ जस्ता नारा लगाएकी थिइन् ।
महिला अधिकारकर्मी सविता यादव, कल्याणी चौधरी पनि प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले अदालतले पीडितलाई झन् पीडित र पीडकलाई झन् शक्तिशाली बनाएको टिप्पणी गरे ।
निहारिकाले आफ्नो बच्चाको काठमाडौंमा उपचार गराइरहेकी थिइन् । सरकारी वकीलले सोमबारको पेशी सारिदिने भन्दै आउनुपर्दैन भनेपछि उनी आएकी थिइनन् । तर सोमबारको पेशी सरेन र अदालतले श्रेष्ठलाई सफाइ दियो । फैसला सुनेपछि निहारिका छोरा लिएर जनकपुरधाम आएकी थिइन् । श्रेष्ठ छुटेपछि आफूले झन् कलंकित महसुस गरेको उनले बताइन् ।
‘श्रेष्ठले पैसा लिएर गर्भ फाल भनेको टेलिफोन रेकर्डसहित सबै प्रमाण अदालतमा दिएकी थिएँ । तैपनि मैले न्याय पाइनँ’ उनले भनिन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments