गौशालामा वडा कार्यालय अगाडी नै फोहोरको डङ्गुर 

5 वर्ष पहिले प्रकाशित

(2078-10-26 B.S.)

4089 पटक देखिएको

निरन्जन साह 

महोत्तरीको गौशाला नगरपालिका स्थित गौशाला बजार फोहोरमैलामा डुबेको छ वर्षौ देखि सरसफाईमा सम्बन्धित निकायले चासोपूर्ण रुपले ध्यान दिन सकेको छैन  ।  महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजार अहिले अव्यवस्थित रहेको छ ।  

वडा न.५ को वडा कार्यालय अगाडी रहेको नालीमा फोहोरको डङ्गुर थुप्रिएको छ । आउने जाने मान्छेले त्यहि फोहोर फाल्छन त्यति मात्र नभएर यस स्थानमा सार्वजनिक शौचालय पनि रहेकोमा त्यहाँ ताल्चा लगाइएको र सर्वसाधारणले प्रयोग गर्न नपाउदा त्यहि बाहिर दिशा पिसाब गरेको दृश्य पनि मानिसले दिउसै देख्न सक्छन ।   नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले त्यहाँ वर्षौदेखि रहेको फोहोर  देखेर पनि अनदेखा गरिरहेका छन् ।

वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि त्यहि फोहोर फाल्ने गरेका छन् ।   वडा कार्यालयमा आउने जनप्रतिनिधिले त्यस फोहोरलाइ राम्ररि देखेका छन् ,तर त्यस फोहोर समस्या समाधान गर्न तिर आज सम्म कसैको ध्यान जान सकेको छैन । वडा कार्यालयबाट निस्केका फोहोरहरु पनि त्यहि फाल्ने गरिन्छ। वडा कार्यालयले त्यसलाई आफ्नो समस्याको रुपमा लिन सकेको छैन । 

जबकी आफ्नो वडा भित्र रहेका अनेक क्षेत्रमा वडा अध्यक्षले ध्यान दिनुपर्ने हो तर गैरजिम्मेवार सरह वडा अध्यक्ष धर्मेन्द्र साहले गौशाला खबरको ( राष्ट्रिय दैनिक पत्रिका ) पत्रकार संगको संवादमा उनि भन्छन, "यो हाम्रो जिम्मा छैन ,गौशाला नगरपालिकाको हो ,हाम्रो काम पनि हैन ।"  

यसरी वर्षौ देखि थुप्रिएको फोहोर मैला व्यवस्थापनको लागि नगरपालिका सक्रिय हुन सकेको छैन ।   नगरपालिकाले फोहोर मैला व्यवस्थापनको लागि १ लाख ७० हजार मासिक रुपमा खर्च गरेपनि गौशाला बजारको फोहोरको स्वरूप फेरिन सकेको छैन ।  

गौशालामा फोहोर फाल्ने ठाउँको उचित व्यवस्थापन नभएकोले जहीतही फोहोर फाल्न बाध्य भएको नाम नभन्ने सर्तमा एक स्थानियले बताएका छन् ।  

बजारमा रहेको घैला बजार,कपडा बजार ,तरकारी बजार ,माछा बजार लगायतका ठाउँमा वर्षौदेखि थुप्रिएको फोहोर सरसफाई हुन सकेको छैन फोहोरको डङ्गुरको बीच व्यापारीहरु आफ्नो व्यवसायी गर्न बाध्य छन् ।स्थानीय सरकार तथा गौशाला उद्योग वाणिज्य संघलाइ यस सम्बन्धि पटक पटक ध्यानाकर्षण गराएपनि कुनै चासो नलिएको अर्का एक गौशालाका व्यापारीले गुनासो गरेका छन् ।  

"स्थानीय सरकार मौन छ, उनले भने , "फोहोर देखेर पनि झन् गौशाला उद्योग वाणिज्य संघ कानमा तेल हालेर बसेको छ ।   जताततै फोहोर नै फोहोर छ ।   यहाँ विहान सफा गर्ने कर्मचारीहरुले पनि निकै हेलचेक्राई गर्ने गरेका छन् ।  "

फोहोरमैला व्यवस्थापनमा गरिएको यस्तो वेवास्ताले यहाको स्थानीयलाई प्रत्यक्ष असर गरेको उनले गुनासो गरेका छन्  ।   यस्तो फोहोरमा बसेर व्यापार गर्दा हाम्रो स्वास्थ्यमा समस्या पनि सिर्जना हुन्छ ।   जनताको स्वास्थ्य माथि स्थानीय तहले खेलवाड गरिरहेको पनि उनले आक्रोश समेत पोखेका छन् ।  

गौशाला नगरपालिकाले अन्य क्षेत्रमा विकास गरेपनि फोहोरमैला व्यवस्थापनमा ध्यान दिन सकेको छैन ।   नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा गरिए पनि शौचालयको व्यवस्थापन हुन नसक्दा स्थानीयलाइ शास्ती भोग्नु परेको छ  ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले