काव्या अस्पतालमा चिकित्सकमाथि हातपात

4 वर्ष पहिले प्रकाशित

(2078-10-26 B.S.)

2425 पटक देखिएको

राजन झा,२७ माघ । 

जनकपुर स्थित काव्या अस्पतालमा आमा र नवजात शिशुको मृत्यु पछि अस्पतालमा तोडफोडका साथै चिकित्सकमाथि हातपात समेत गरिएको छ ।

मृतक महिलालाई आफ्नो रगत दिएर बचाउन खोजेका चिकित्सक डा. रमित राज माथि नै पिडित पक्षबाट हातपात भएको हो । सोमवार राती अस्पताल भर्ना भएकि धनुषाधाम नगरपालिका ७ किसानपुरका यैजुव अन्सारीका २५ वर्षिय श्रीमति मुर्सरफ खातुन गर्भवति रहेकोमा घरमै अवस्था सिकित्स भएपछि उनलाई काव्या अस्पताल भर्ना गरिएको तर अस्पतालमा उनको शल्यकृया मार्फत वच्चा निकाल्दा एउटा वच्चा मृत रहेको र अर्को बच्चाको अवस्था समेत नाजुक रहेकोमा उनको समेत केहि घन्टा पछि मृत्यु भएको थियो ।

यता सिकित्स अवस्थामा रहेकि खातुनको समेत उपचारकै क्रममा बुधवार विहान ७ः४५ मा मृत्यु भएको थियो । मृतकका आफन्तहरुले अस्पतालकै लापरवाहीका कारण नवजात शिशुको र खातुनको मृत्यु भएको आरोप लगाएका छन । पिडित पक्षबाट अस्पतालमा तोडफोडका साथै चिकित्सकमाथि समेत हातपात भएको बताइएको छ । 
यता महिला र नवजातको मृत्यु भएको वारे काव्या अस्पतालका संचालक डा. सुधेन्दु सिंहले खातुनको मृत्यु अस्पतालको लापरवाहीले नभई उनको अवस्था ज्यादै नाजुक र किडनी समेत काम गर्न छाडेपछि भएको प्रतिकृया दिएका छन ।

डा. सिंहले पिडिले सोमवार राती नै फोन गरि एम्बुलेन्स मागेकोमा तत्काल एम्बुलेन्स उपलब्ध नहुदा उनलाई अर्को एम्बुलेन्समा अस्पताल लिएर आउन र उक्त एम्बुलेन्सको भाडा समेत अस्पतालले बेहोर्ने बताएको भने । सो पश्चात राती करिव १२ बजे खातुनलाई अस्पताल भर्ना गरिएकोमा उनको बिपी २००,प्लेटलेट्स एकलाख पचास हजार भन्दा वढी हुनु पर्नेमा ४७ हजार,किडनीले काम नगरेपछि पिसाव बन्द रहेको अवस्था रहेको बताए ।

अस्पतालले उनको उपचार सुरु गरेको र उनको शल्यकृया गर्नु पर्नेमा प्लेटलेटस कम भएकोले तत्काल रगतकै आवश्यक्ता परेकोमा आफन्तबाट रगत उपलब्ध नभएपछि तत्काल ड्युटीमा कार्यरत डा.रमित राज र एकजना अन्य स्वास्थ्यकर्मीले रगत दिएर शल्यकृया सुरु गरिएको डा.सिंहले महोत्तरी टाइम्सलाई बताए । 
डा.सिंहले अगाडी थपे,“स्त्रिरोग विशेषज्ञ डा.सोनिया सिंह र डा. मुकेश गामी तथा एनेस्थेसियाका डा. विनय महासेठको टोलीले शल्यकृया गरेकोमा एउटा नवजात शिशु मृत अवस्थामा निकालिएको र अर्कोको समेत अवस्था ज्यादै नाजुक रहेको उनलाई तत्काल भेन्टिलेटरमा राखियो । तर सो वच्चा समेत बाच्न सकेन र केहि घन्टामै मृत्यु भयो यता किडनी नै काम नगरेको अवस्थामा मृतक खातुनलाई अन्यत्र लग्ने भए लग्नुस भनेर आफैले समेत बताएकोमा पिडितपक्षले नै आफुसंग त्यही पैसा नभएको तपाईमाथि नै विश्वास रहेको भन्दै यहि उपचार गर्न भनेकोमा उनलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । तर दुर्भाग्य उनलाई हामीले बचाउन सकेनौ । हामी चिकित्सक छौ हामीले प्रयास गर्ने हो । हामीले भरपुर प्रयास गरेका हौ । ”

यता पिडित पक्षले अस्पतालको खर्च समेत धेरै हुने भएर चिन्तित रहेकोमा आफुले नै उनलाई खातुनलाई बचाउन असमर्थ भए एक पैसा समेत अस्पतालमा तिर्नु नपर्ने बताएको डा.सिंहले थपे । उनले दुई दिनको अवधीमा ७ प्याकेट रगत आवश्यक परेकोमा सो मध्ये ५ पोका अस्पतालका कर्मचारीले नै दिएको बताए । डा.सिंहले आफुले प्रतिकृया दिएको सम्पुर्ण शव्दहरुको सिसिटिभी फुटेज सहितको प्रमाण सुरक्षित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..

6 दिन पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..

6 दिन पहिले

शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..

काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..

7 दिन पहिले

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

22 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग

काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..

25 दिन पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..