गौशालामा संचार मन्त्रि साहद्वारा सुधार गृह भवन र विद्यालय भवनको शिलान्यास
ममता शर्मा
गौशाला , माघ २७ ।
महोत्तरीमा सहिद शेखर स्मृति सुधार गृह तथा विद्यालयको भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा .८ बेल्गाछी स्थित सहिद शेखर स्मृति सुधार गृह र वडा न.६ फुलकाहा स्थित मा.वि. भेडीयाही फुलकाहाको भवनको शिलान्यास आज एकैदिन मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले गरेका छन् ।
नगरपालिकाको वडा न.८ स्थित सोनी खोलाको किनारमा प्रदेश सरकारको ८४ लाख ४ हजार १ सय ४४ रुपैयाँको लगानीमा सुधार गृहको निर्माण हुन लागिएको आन्तरिक मामिला तथा संचार मन्त्रालयका ईन्जिनियर जितेन्द्र महराले जानकारी दिएका छन्। असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न हुने सो गृह २ तल्ला सम्मको हुने तथा केहि दिन अगाडी देखि नै भवनको निर्माण कार्य भईरहेको पनि महराले जानकारी दिएका छन् ।
त्यस्तै नगरपालिकाको वडा न.६ फुलकाहा स्थित २० लाखको लागतमा प्रदेश सरकारको लगानीमा मा.वि. भेडीयाही फुलकाहाको भवन निर्माण भइरहेको संचार मन्त्रिका स्वकीय सचिव श्री किशोर साहले जानकारी दिएका छन् ।

शिलान्यास कार्यक्रममा संचार मन्त्रि भरत प्रसाद साह ,नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,नगरका प्रवक्ता तथा वडा न.८ का वडा अध्यक्ष भोजबहादुर दर्लामी , संचार मन्त्रालयका ईन्जिनियर जितेन्द्र महरा, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र जंग थापा ,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य विजय कुमार साह,काशी महतो ,कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
सुधार गृह भवनको शिलान्यास पश्चात मन्त्रि साहले आफ्नो मन्तव्य व्यक्त गर्दै लागु औषधको कुलतमा फसेका युवाहरुलाइ लक्षित गरि उनीहरुलाई सुधार्ने उद्देश्यले यस गृहको निर्माण गर्न लागिएको बताए । उनले भने ,"मधेश प्रदेशमा लागु औषध सेवन तथा यसको ओसारपोसारको बिगीबिगी बढेको छ । जसले गर्दा सोसाइटीका अनेकौ विद्यमान समस्याहरु सिर्जना भईरहेका छन् । कुलतमा फसेका सन्तानका परिवार पिडित छन् । यसले समाजको भविष्य खतराजनक हुन सक्छ ।" यस्ता लागु औषधको कुलतको समस्यालाइ निराकरण गर्नको लागि मधेश प्रदेशको बीच क्षेत्रमा पर्ने यस बेल्गाछीमा गृहको निर्माण गर्न लागिएको उनले बताए ।
त्यस्तै गौशाला नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष शिवनाथ महतोले सुधार गृहको निर्माणले सम्पूर्ण जनसमुदायलाई महत्वपूर्ण योगदान पुर्याउने दावी गरेका छन् । उनले गौशाला नगरपालिकामा विकास निर्माणका अनेकौ कार्य भईरहदा यस गृहको निर्माणको थालनीले भावी समयमा नमुनाको रुपमा चिनारी प्राप्त गर्ने विश्वास समेत व्यक्त गरेका छन् । साथै उनले अगामी दिनमा नगरपालिकाले यस संस्थालाई व्यवस्थित गर्नका निम्ती सक्दो सहयोग गरी हरेक किसिमको भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments