गौशालामा वेवारिसे अवस्थामा गर्भवती महिलाको शव फेला 

5 वर्ष पहिले प्रकाशित

(2078-11-04 B.S.)

5700 पटक देखिएको

ममता शर्मा

गौशाला ,फाल्गुन ४

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार स्थित लक्ष्मीनिया जंगलमा एक गर्भवती महिलाको शव फेला परेको छ । बुधबार बिहान सागरनाथ वन परियोजना अन्तर्गत निर्माणाधीन रेलवे लिक भन्दा ५०० मिटर दक्षिण जंगल क्षेत्रमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश बिष्टले जनाएको छ ।

स्थानीयको भनाइ अनुसार दाउरा लिन गएका केहि व्यक्तिहरुले शव देखेपछी गाउँमा हल्ला भएको थियो । घटनाको खबर पाएपछी जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर सुनिल धाँजुको कमाण्डमा खटिगएको टोलिले शवको मुचुल्का गरि अनुसन्धानको लागि कुकुर परिचालन गरिएको छ  ।

फेला परेको शव करिव २५–२६ वर्षीय पहिचान नखुलेको महिलाको रहेको प्रहरीले जनाएको छ । महिला गर्भवती अवस्थाको रहेको र घाटीमा डाम तथा निधारमा गम्भीर चोट लागेको ,आखा सुन्निएको ,ओठ फाटेको  देखिएकोले उनको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

त्यस्तै मंगलबार साझ गौशालामा दुइ  बच्चा वेवारिसे अवस्थामा फेला परेका छन् । लक्ष्मीनिया जंगलबाट गाउँतिर आउने बाटोको एक होटलमा मंगलबार करिब साझ ५ बजे तिर फेला परेका हुन् ।

फेला परेका दुई बच्चाहरु अहिले स्थानीयवासी दिनेश महतोको आश्रयमा रहेका छन्। नेपाल रेडक्रस सोसाईटी उपशाखा गौशालाका उपसभापतिसमेत रहेका महतोले ती वालकहरुलाई संरक्षणमा लिई स्यारसुहार गर्दै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बच्चालाई सोधपुछ गर्दा एक बच्चा भन्छन ,"मेरो बुबाको नाम अजय हो र मेरो अंकलले यो होटलमा मलाई छोडेर मेरो आमालाई लिन गाको छ ।"

दुइ बच्चा मध्य एक बच्चा करिब ५ वर्षीय र अर्का करिब डेढ वर्षको रहेका छन् । डेढ वर्षको बच्चाको निधारको छेउमा लागेको रातो रंग र सो मृत महिलाको खुट्टामा लागेका रातो रंग एकै नासको जस्तो देखिएकोले बच्चा र मृत महिलाको केहि सम्बन्ध हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

घटनाको विशेष अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले