एक पुरुषको हत्या : टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा फेला
फाल्गुन ५ ,बिहिबार
धरानमा एक पुरुषको हत्या भएको छ । हत्या गरी टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा भेटिएको छ। टाउको र खुट्टा जेब्रा झोलामा र शरीरको भाग झाडीमा भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कुवँरले जानकारी दिए।
धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र अन्दाजी ४० वर्षभन्दा माथिका पुरुषको टाउको र खुट्टा फेला परेको हो। सडकबाट करिब १०/१२ मिटर तल जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको प्रहरीले बताएको छ।
स्थानीयवासीले शंकास्पद झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले झोलाबाट टाउको र खुट्टा निकालेको हो। ‘टाउको र खुट्टा भेटिएपछि हामीले शरीको भाग पनि खोजी सुरु गर्यौं। केही पर झाडीमा शरीरको भाग पनि भेटियो’ डीएसपी कुँवरले भने।कुँवरका अनुसार अन्यत्र कतै हत्या गरेर शव व्यवस्थापन गर्ने क्रममा सो ठाउँमा ल्याएर फालिएको जस्तो देखिएको बताए। शवको प्रकृति हेर्दा करिब एक साता अघि नै ती व्यक्तिको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। फरेन्सिक विज्ञसहितको टोलीले लाशजाँच मुचुल्का गरी शव उठाएको छ। शव पोस्टमार्टमका लागि पठाइने तयारी प्रहरीले गरेको छ।
उक्त शव कसको हो भन्ने अहिलेसम्म केही खुल्न सकेको छैन। शवको सनाखत गर्नका लागि कोही व्यक्ति हराएको भए आफन्तले प्रहरीसमक्ष सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।
‘हत्या गरिएको अवस्थामा शव भेटिएको र अहिलेसम्म सनाखत हुन नसकेपछि हामीले मिसिङ फाइल पल्टाउन थालेका छौं। छिमेकी जिल्लामा पनि मान्छे हराएको भन्दै उजुरी परेको भए त्यसको विवरण पनि पठाउन प्रहरी कार्यालयहरूलाई अनुरोध गरिएको छ’ डीएसपी कुँवरले भने।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments