महोत्तरीमा एक युवतीको विभत्स हत्या गरि फरार प्रतिवादी पक्राउ,यस्तो छ घटनाको कारण
ममता शर्मा
फाल्गुन ८ ,आइतबार
महोत्तरीमा एक युवतीको हत्या गरि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला ग्राम पंचायत भासर मघहा वडा न.७ अनारवन बस्ने विपत महतोका छोरा ३७ वर्षीय अजय महतो कोइरी र सर्लाहीको मलंगवा नगरपालिका वडा न.९ बस्ने देव नारायण राउतका छोरा ३४ वर्षीय प्रमोद राउत रहेका छन् ।
गत फाल्गुन ४ महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार स्थित लक्ष्मीनिया जंगलमा एक गर्भवती महिलाको शव फेला परेको थियो । बुधबार बिहान सागरनाथ वन परियोजना अन्तर्गत निर्माणाधीन रेलवे लिक भन्दा २०० मिटर दक्षिण जंगल क्षेत्रमा महिलाको शव फेला परेको थियो ।

मृतकको नाम अप्सन खातुन रहेको र उनि ज्याला मजदुरी कार्य गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतक राधा भन्ने अप्सना खातुनको हत्याको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो ।
यस्तो छ घटना
खातुनको २ वर्ष अगाडी पेटी ठेक्काको काम गर्ने अजय महतो कोइरी संग चिनजान भइ सम्बन्ध स्थापित भएको थियो । खातुनको भारतको उत्तर प्रदेशमा विवाह भएको थियो । उनको दुइ छोरा छन् २ वर्ष अगाडी श्रीमानसंगको सम्बन्ध बिग्रीई उनले आफ्नो पहिलो श्रीमानलाइ छोडी आफ्नो माइति भारतको भैरबकोटी, मेहसील टोलमा बस्दै आएकी थिइन् । उनले अजय महतो संग विवाह गरेकी थिइन् । खातुनले आफुलाई अजयको घरमा लानुपर्ने जोड दिन थाले पछी महतोले आफ्नो पर लगेकोमा परिवार तथा समाजका मानिसहरुले अस्विकार गरेकोले पुनः नेपाल आई सर्लाहीको मलगवामा कोठा भाडा लिई ९ महिना देखी संगै बस्दै आएका थिए । खातुनले आफ्नो श्रीमान अजयलाइ आर्थिक रुपमा तनाव दिने, कोट म्यारिज गर भन्ने, अंश र अधिकार चाहियो भनि कचकच गर्ने, अधिकार नदिए जबर्जस्ति करणीमा पुलिस केस गर्छु भनि धाक धम्की दिई लगातार बार्गेनिङ गर्ने गरेको थिइन् । फाल्गुन २ गते अजय महतो कोईरी, प्रमोद राउत र अजय महतो कोईरीसंगै काम गर्ने अर्का एक जना पुरुष व्यक्ति सहित तीन जना मिली खातुनको ज्यान मार्ने योजना बनाएका थिए ।
सो अनुसार ३ गते दिउसो करिब २ बजेको समयमा खातुनलाइ मेला हेर्न जाने भनि उनको श्रीमान र हाल फरार रहेका अर्का एक व्यक्ति समेतले विश्वास दिलाई मलगवाबाट रू.१६ सयमा टेम्पु रिजर्भ गरी श्रीमान श्रीमती, खातुनका एक ४ वर्षीय र अर्को २ वर्ष ६ महिनाका छोराहरु र एक जना अझै व्यक्ति एकै टेम्पुमा बसी सर्लाहीको ईधारपुर न.पा.१३ श्रीनगर चोकसम्म आएका थिए ।
त्यहाँबाट टेम्पुलाइ फिर्ता पठाई सो ठाउँबाट प्रमोद राउतले आफ्नो प्रदेश २.०२.००२ प ७९५७ नम्बरको मोटरसाईकलमा सोही स्थानसम्म आई २ पटक गरि सबै जनालाई पालैपालो बाके खोलाको ड्याम हुदै र जिल्ला महोतरी गोशाला न.पा.वडा न.१२ को निर्माणाधिन रेल्वे ट्रयाकका पुयाएका थिए ।
प्रमोद राउतले मोटरसाईकलमा २ बच्चालाई सो स्थानबाट १.५ कि.मी. दक्षिण कान्तिबजार स्थित मैया योन्जनको होटलमा पुर्याई मेरो बच्चा हेरिदिनुस, म चाउचाउ लिई आउछु भनि छाडि हिडेका थिए ।

अजय महतोले खातुनलाई लक्ष्मीनियाको नजिक जंगल बिचमा रहेको रेल्वे ट्रयाकमा ल्याई अजय महतो र अर्का पुरुष व्यक्तिले खातुनलाई उक्त रेल्वे ट्रयाकबाट करिब २०० मिटर जती पश्चिम रहेको जंगल भित्र तर्फ लगी खातुनको घाँटीमा सलले तिन फन्को बाँधी, कसेर लढाई कन्चट र मुखमा लातले हानी उनको छातीमा थिची हत्या गरी करिब १० मिटर पर लगी फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । खातुन ८-९ महिनाको गर्भवती थिइन् ।
घटनामा संलग्न मध्येका अजय महतो कोईरी र प्रमोद राउतलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको सहयोगमा तथा ईलाका प्रहरी कार्यालय गौशला महोतरी समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी ज्यान सम्बन्धी कसूर तर्फ आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
1 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
15 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
19 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
22 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
26 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
15 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
26 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
28 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
29 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
1 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
1 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत..
कमेन्ट गर्नुहोस्
view comments