गौशालामा ऋणको समस्या समाधान हुनु अत्यावश्यक :नगर प्रमुख शिवनाथ महतो 

4 वर्ष पहिले प्रकाशित

(2078-11-09 B.S.)

2871 पटक देखिएको

ममता शर्मा ,गौशाला , महोत्तरी  
फाल्गुन ९ ,सोमबार 

गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले गौशालामा किसानहरुको लागि ऋणको समस्या समाधान हुनु जरुरि रहेको बताएका छन् । सोमबार गौशाला बजार स्थित प्रोग्रेसिभ फ़ाइन्यन्स कम्पनि लि.को समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले गौशालमा व्यापारीहरु तथा किसानहरुलाइ सहज तथा सुलभ दरमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् । उनले भने, "यहाँ ऋणको निकै समस्या रहेको छ। जति सक्दो सहुलियत रेटमा ,छिटो छरितो रुपमा किसान तथा व्यापारीहरुलाइ कर्जा प्रदान भएमा मात्र उनीहरुको मनोबल बढ्छ र यहाँको आर्थिक गतिविधिमा पनि उन्नति हुन्छ ।"

उनले आजभोली ऋण लिनको लागि निकै कठिनाइ भोग्नुपर्ने भएकोले सहज रुपमा ऋण किसानहरुलाई उपलब्ध गराउन बैंकलाइ आग्रह समेत गरेका छन् । उनले बैंक सुरक्षाको निकै कमिको अनुभूति भएकोले बैंकहरुलाइ सुरक्षा प्रदान गर्न पनि इलाका प्रहरी कार्यालय गौशालालाइ ध्यानाकर्षण गराएका छन् । बैंकको सुरक्षाको समस्याको समधान गर्न उनले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याललाइ नगरपालिका संग समन्वय गरि बैंकलाइ सुरक्षित गर्न आग्रह गरेका छन् । त्यस्तै उनले बैंकको  महत्वको भूमिका बाध्दै नगरका बैंकहरु संग आपसी परस्पर सम्बन्ध, नम्र व्यवहार ,सहज तथा छिटो छरितो रुपमा कार्य ,मितव्ययी हुन र सहयोग कायम राख्न अनुरोध गरेका छन्  ।

प्रोग्रेसिभ फ़ाइन्यन्सको संचालक समितिका अध्यक्ष किशोर कुमार महतोको सभापतित्वमा आयोजित उक्त उद्घाटन कार्यक्रममा नगर प्रमुख शिवनाथ महतो,प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई ,समाजसेवी विजय कुमार साह , इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल लगायत बैंकका अन्य कर्मचारी ,नगरभित्र रहेका बैंक तथा सहकारीका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो।

नगर प्रमुखले कार्यक्रममा पानसमा दिप बालि र रिबन काटेर बैंकको उद्घाटन गरेका थिए ।

अनेकौ नृत्य सहित समावेश गरिएको उक्त कार्यक्रममा  अध्यक्ष किशोर महर्जनले ३ वर्ष नबित्दै बैंकको १६ ओटा शाखा कार्यालय स्थापना गर्न सफल भएको जानकारी दिए । उनले यस फ़ाइन्यन्सको पहिलो पल्ट महोत्तरीमा शाखा स्थापना गरिएको बताउदै यसले किसानहरुलाइ लक्षित गरि कार्य संचालन गर्ने तथा किसानहरुको लागि सहज रुपमा ऋण प्रदान गर्ने समेत बताए ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

1 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

1 दिन पहिले

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

8 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

9 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

11 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

1 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

1 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

9 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

19 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

19 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

20 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कु..