गौशालामा ऋणको समस्या समाधान हुनु अत्यावश्यक :नगर प्रमुख शिवनाथ महतो 

5 वर्ष पहिले प्रकाशित

(2078-11-09 B.S.)

2935 पटक देखिएको

ममता शर्मा ,गौशाला , महोत्तरी  
फाल्गुन ९ ,सोमबार 

गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले गौशालामा किसानहरुको लागि ऋणको समस्या समाधान हुनु जरुरि रहेको बताएका छन् । सोमबार गौशाला बजार स्थित प्रोग्रेसिभ फ़ाइन्यन्स कम्पनि लि.को समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले गौशालमा व्यापारीहरु तथा किसानहरुलाइ सहज तथा सुलभ दरमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् । उनले भने, "यहाँ ऋणको निकै समस्या रहेको छ। जति सक्दो सहुलियत रेटमा ,छिटो छरितो रुपमा किसान तथा व्यापारीहरुलाइ कर्जा प्रदान भएमा मात्र उनीहरुको मनोबल बढ्छ र यहाँको आर्थिक गतिविधिमा पनि उन्नति हुन्छ ।"

उनले आजभोली ऋण लिनको लागि निकै कठिनाइ भोग्नुपर्ने भएकोले सहज रुपमा ऋण किसानहरुलाई उपलब्ध गराउन बैंकलाइ आग्रह समेत गरेका छन् । उनले बैंक सुरक्षाको निकै कमिको अनुभूति भएकोले बैंकहरुलाइ सुरक्षा प्रदान गर्न पनि इलाका प्रहरी कार्यालय गौशालालाइ ध्यानाकर्षण गराएका छन् । बैंकको सुरक्षाको समस्याको समधान गर्न उनले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याललाइ नगरपालिका संग समन्वय गरि बैंकलाइ सुरक्षित गर्न आग्रह गरेका छन् । त्यस्तै उनले बैंकको  महत्वको भूमिका बाध्दै नगरका बैंकहरु संग आपसी परस्पर सम्बन्ध, नम्र व्यवहार ,सहज तथा छिटो छरितो रुपमा कार्य ,मितव्ययी हुन र सहयोग कायम राख्न अनुरोध गरेका छन्  ।

प्रोग्रेसिभ फ़ाइन्यन्सको संचालक समितिका अध्यक्ष किशोर कुमार महतोको सभापतित्वमा आयोजित उक्त उद्घाटन कार्यक्रममा नगर प्रमुख शिवनाथ महतो,प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई ,समाजसेवी विजय कुमार साह , इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल लगायत बैंकका अन्य कर्मचारी ,नगरभित्र रहेका बैंक तथा सहकारीका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो।

नगर प्रमुखले कार्यक्रममा पानसमा दिप बालि र रिबन काटेर बैंकको उद्घाटन गरेका थिए ।

अनेकौ नृत्य सहित समावेश गरिएको उक्त कार्यक्रममा  अध्यक्ष किशोर महर्जनले ३ वर्ष नबित्दै बैंकको १६ ओटा शाखा कार्यालय स्थापना गर्न सफल भएको जानकारी दिए । उनले यस फ़ाइन्यन्सको पहिलो पल्ट महोत्तरीमा शाखा स्थापना गरिएको बताउदै यसले किसानहरुलाइ लक्षित गरि कार्य संचालन गर्ने तथा किसानहरुको लागि सहज रुपमा ऋण प्रदान गर्ने समेत बताए ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले