देवताल गाउँपालिकअध्यक्ष सिंहद्वारा इन्द्रदेव माध्यमिक विधालय उद्घाटन

5 वर्ष पहिले प्रकाशित

(2078-11-18 B.S.)

3938 पटक देखिएको

उपेन्द्र पासवान

बारा, १८ फागुन

देवताल गाउँपालिकाको  अध्यक्ष चन्दन कुमार सिंहले वडा नं.३ अमवा टोलमा रु. पचास लाखको लगतमा चार कोठे भवन रहेको विधालय भवन निर्माण सम्पन्न पश्चात उद्घाटन गरेका छन्। शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सिंहले आन्तरिक स्रोत नभएको गाउँपालिकामा आफु निर्वाचित भएदेखि नै जनताको चाहना अनुसार बिकास गर्न लागि परेको बताएका छन।

देवताल गाउँपालिकाको जनताले गाउँपालिकाको जिम्मेवारी दिएकोले आफु गाउँपालिकाको बिकासमा दिनरात लागि परेको उनले बताएका छन्। अहिले सम्म गरेको बिकास देबताल गाँउपालिकालाई कार्यकालमा मधेश प्रदेशको नमुना पालिका बनाउने प्रतिबद्धता समेत जाहेर गरेका छन्।

साथै आउने दिनमा यहाँको जनता उपचारको लागि विरगंज ,काठमाडौं वा छिमेकी मुलुक भारत तर्फ जान नपरोस भनि अस्पाताल, स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर निर्माण गरेको तथा निर्माण सम्पन्न हुन लागेको बताएका छन्। बालबालिकाहरुको उच्च शिक्षा हासिल गर्न शिक्षा क्षेत्रमा र भक्तजनकोको लागि मठ मन्दिर मस्जिद प्रति ध्यान दिदै बाटोको समस्या समेत समाधान गरीएको गाउँपालिका अध्यक्ष सिंहले बताएका छन्।

देवताल गाउँपालिकाको अध्यक्ष चन्दन कुमार सिंह र प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साहको सहकार्यमा गाउँपालिका भित्र बिकासको लहर छाएको भनि स्थानिय यूवा नेता रामकिशोर कुशवाहा बताएका छन्। देवताल गाउँपालिकाको अध्यक्ष सिंह र प्रमुख प्रशासकीय अधिकृत साहले गर्दा हरेक वडामा मठ मन्दिर , मस्जिद शिक्षा , स्वास्थ्य र बर्थिङ्ग सेन्टर , १५ सैयाको होस्पिटल प्राथमिकतामा राखेर काम गर्नु भएको छ ।

त्यस्तै बाराको सदरमुकाम कलैयाबाट देवताल गाउँपालिका पुग्ने पसाहा खोलामा झुलङ्गे पुल त्यस्तै अमवा भारत अदापुर पसाहा खोलामा झोलुङ्गे पुलको निर्माण गर्नु भएको छ । समाजिक सुरक्षा भत्ता लिन आउने बृद्धबृद्धाको लागि बैंकसम्म पुग्न निशुल्क बस सँचालन गराएको समेत जानकारी दिएका छन्। उक्त कार्यक्रमको अध्यक्षता देवताल गाउँपालिका वडा न ३ को अध्यक्ष अमर पटेल नेपालीले गरेका थिए भने  उदघोषक योजना प्रमुख अभिनन्दन गुप्ताले गरेका थिए । त्यस्तै प्रमुख अतिथी देवताल गापा अध्यक्ष चन्दन कुमार सिंह, विशिष्ट अतिथि, प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साह, शिक्षा संयोजक रितिका दहाल, सुवर्ण गाउँपालिका वडा ७ अध्यक्ष बिजय कुमार सिंह, वडा न ४ को अध्यक्ष मिश्रीलाल सहनी, वडा न २ रमेश प्रसाद यादव, वडा न ५ लखिनदर प्रसाद यादव , स्वागत मन्तव्य इन्द्रदेव माध्यमिक विद्यालय को प्र. अ. श्यामसुन्दर प्रसाद अबास असारी, शिवर्दन पण्डित, शिक्षक जग बहादुर सहनी, वडा सचिव नन्दकिशोर साह, उमेश चौधरी, विधालय कार्यालय सहयोगी रुपनारायण यादव, आयोजक बसन्त कुमार साह,लगायत सम्पूर्ण वडाको जनताको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

18 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले