लुकाई छिपाई राखेको अवस्थामा पाँच ट्याक्टर अवैध सालको काठ बरामद
फागुन २४ गते
धनुषामा अवैध सालको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनुषाले सोमबार पाँच ट्याक्टर अवैध सालको काठ बरामद गरेको हो । वन कार्यालयले धनुषाधाम नगरपालिका–६ मालटोलस्थित खेतबारीमा लुकाई छिपाई राखेको अवस्थामा पाँच ट्याक्टर अवैध सालको काठ बरामद गरेको हो ।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनिलकुमार कर्णले मालटोलस्थित खेतबारीमा लुकाई छिपाई राखिएको अवस्थामा पाँच ट्याक्टर अवैध सालको काठ नियन्त्रणमा लिएको बताएको छ। उहाँले २५५.०९ क्यूफिट काठ बरामद भएको बताएको छ। जसमा १८१ थान गोलिया र चार थान चिरान गरी १८५ थान काठ रहेको छ ।
डिभिजन प्रमुख कर्णले वन कार्यालय धनुषाले यति ठूलो मात्रा अवैध सालको काठ बरामद गरेको यो पहिलो घटना भएको दावीसमेत गरे । ‘बढीमा २० थानसम्म अवैध काठहरु बरामद भएको जिल्लामा तथ्याङ्क छ । ठूलो परिमाणमा अवैध काठ बरामद भएको यो नै पहिलो पटक हो, उनले भने ।’
वन कर्मचारी, जनपद प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोग काठ नियन्त्रणमा लिन सफल भएको बताउँदै डिभिजन वन प्रमुख कर्णले बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको जानकारी दिए ।
बरामद सालको काठ राष्ट्रिय वनबाट कटान गरी त्यहाँ थुपारिएको हुनुपर्छ । वनबाट काठ कटान गर्नेहरुको पहिचान पत्ता लगाउन कर्मचारी खटाएको र पहिचान खुलेपछि संलग्नहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने डिभिजन वन प्रमुख कर्णले भनेको छ ।
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
6 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
7 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
9 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
14 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
17 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
17 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
17 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
18 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
27 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
2 महीना पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments