गौशालामा होली महोत्सव सम्पन्न
ममता शर्मा
गौशाला ,फाल्गुन २८
महोत्तरीको गौशालामा होली महोत्सव सम्पन्न भएको छ । गौशाला बजार स्थित रेडियो रुपान्तरण १०६.३ मेगाहर्जको आयोजनामा आउदै गरेको हिन्दुहरुको महान पर्व होलीको अवसरमा आज होली महोत्सव कार्यक्रम भएको छ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य तथा होरैया गित प्रतियोगिता समेत गरिएको छ । सांस्कृतिक नृत्य तथा होरैया गित प्रस्तुत गर्ने व्यक्तिहरुलाई आयोजकले सम्मान स्वरूप सम्मान पत्र र मादल प्रदान गरिएको रेडियोका संचालक धनवीर महतोले जानकारी दिएका छन् ।
जनसमुदायको विशाल सहभागिता रहेको होली महोत्सव कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,माननीय शारदा देवी थापा ,अखिल क्रान्तिकारी (अनेरास्ववियु ) का नेता सूर्यनारायण साह ,नगर प्रमुख शिवनाथ महतो ,इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल लगायत विभिन्न पार्टीका प्रतिनिधि ,समाजसेवी तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै मन्त्रि साहले हाम्रो मौलिक परम्परा मुल्य मान्यताको संरक्षण एवं संवर्द्धन गर्नुपर्नेमा जोड दिए । समाजको रुढिवादी परम्परा तथा कुप्रथालाई भन्दा सांस्कृतिक मुल्य मान्यतालाई बढावा दिनु अत्यावश्यक छ उनले भने, “नराम्रा विकृतिका रुपमा आजभोली देखा परेका चलनलाई समाजबाट उन्मुलन गर्नुपर्छ । भावी पुस्तालाई मध्यनजर गर्दै धार्मिक आस्था बोकेका परमपराको जगेर्ना गर्नु हाम्रो प्रमुख दायित्व हो । ”

त्यस्तै नगर प्रमुख शिवनाथ महतोले जनसमुदायमा होलीको शुभकामना दिदै रेडियो रुपान्तरणले गरेको कार्य सम्मान जनक रहेको बताएका छन् । उनले मिथिलाको परम्परा झल्किने कार्यक्रम राखेकोले रुपान्तरण मिडियालाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले यस्ता संस्कृति जोगाउने कार्यक्रमहरुमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
5 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
6 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
8 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
13 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
16 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
6 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
16 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
16 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
17 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
26 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
2 महीना पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments