गौशालामा होली महोत्सव सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-11-28 B.S.)

6443 पटक देखिएको

ममता शर्मा

गौशाला ,फाल्गुन २८

महोत्तरीको गौशालामा होली महोत्सव सम्पन्न भएको छ ।  गौशाला बजार स्थित रेडियो रुपान्तरण १०६.३ मेगाहर्जको आयोजनामा आउदै गरेको हिन्दुहरुको महान पर्व होलीको अवसरमा आज होली महोत्सव कार्यक्रम भएको छ । 

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य तथा होरैया गित प्रतियोगिता समेत गरिएको छ ।  सांस्कृतिक नृत्य तथा होरैया गित प्रस्तुत गर्ने व्यक्तिहरुलाई आयोजकले सम्मान स्वरूप सम्मान पत्र र मादल प्रदान गरिएको रेडियोका संचालक धनवीर महतोले जानकारी दिएका छन् । 

जनसमुदायको विशाल सहभागिता रहेको होली महोत्सव कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,माननीय शारदा देवी थापा ,अखिल क्रान्तिकारी (अनेरास्ववियु ) का नेता सूर्यनारायण साह ,नगर प्रमुख शिवनाथ महतो ,इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल लगायत विभिन्न पार्टीका प्रतिनिधि ,समाजसेवी तथा  बुद्धिजीवीहरुको  सहभागिता रहेको थियो । 

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै मन्त्रि साहले हाम्रो मौलिक परम्परा मुल्य मान्यताको संरक्षण एवं संवर्द्धन गर्नुपर्नेमा जोड दिए ।  समाजको रुढिवादी परम्परा तथा कुप्रथालाई भन्दा  सांस्कृतिक मुल्य मान्यतालाई बढावा दिनु अत्यावश्यक छ उनले भने, “नराम्रा विकृतिका रुपमा आजभोली देखा परेका चलनलाई समाजबाट उन्मुलन गर्नुपर्छ ।  भावी पुस्तालाई मध्यनजर गर्दै धार्मिक आस्था बोकेका परमपराको जगेर्ना गर्नु हाम्रो प्रमुख दायित्व हो । 

त्यस्तै नगर प्रमुख शिवनाथ महतोले जनसमुदायमा होलीको शुभकामना दिदै रेडियो रुपान्तरणले गरेको कार्य सम्मान जनक रहेको बताएका छन्  । उनले मिथिलाको परम्परा झल्किने कार्यक्रम राखेकोले रुपान्तरण मिडियालाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले यस्ता संस्कृति जोगाउने कार्यक्रमहरुमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

16 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले