अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2078-12-07 B.S.)

2643 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज ७ चैत्र 

स्व. गिरिजा प्रसाद कोईरालाको १२ औं स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद फाण्डेशन पर्साले आज अलौंमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । स्मृति दिवसको अवसरमा नेपाली काग्रेंसका पुर्व मन्त्रि तथा केन्द्रिय सदस्य अजय कुमार चौरसियाले स्व. गिरिजा प्रसाद कोईरालाको मुल मन्त्र राष्ट्रिय सहमति सहकार्य र एकताको खाचो अहिले देखिएको चौरसियाले बताए ।

गिरिजा बाबु नेपालका मात्र नभई एसिया महाद्विपका नै एक असल र कुसल राज नेता समेत रहेको दाबी गरेका थिए । नेपाल बुलेटको घेरामा परेको बेला राज्यलाई ब्यालेटमा ल्याएर देशलाई निकास दिई राजनितिक स्थाईत्व समेत कायम गरेको उनले बताए।

त्यस्तै मन्तव्यको क्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले नेपाली काँग्रेसको कारणले नै देशमा शान्ति स्थापना भएको बताए ।

२०६२/२०६३ सालमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले दिल्लीमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सँग शान्ति सम्झौता गरी हात हतियार नेपाल सरकारलाइ बुझाउन लगाएको बताएका थिए भने लोकतन्त्र र गणतन्त्र स्थापना नेपाली कांग्रेसले नै गराएको बताए।

मधेशी दलले भ्रष्टाचारको पराकाष्ठा नाघेको मधेशी जनतासंग झुटको खेति मात्र गरेको पर्सा कांग्रेसका अध्यक्ष जर्नादन सिंह क्षेत्रिले भ्रम र झुटको खेति गर्नेहरुको पछि नलाग्न आग्रह समेत गरेका थिए ।

फाउण्डेशन पर्साले स्मृति दिवसको अवसरमा अलौका ७० जना वृद्ध वृद्धाहरुलाई सम्मान गरेको छ ।

नेपाली कांग्रेस मार्फत देश र जनताका लागि आफनो समाजिक योगदान पुर्याएकोहरुलाई सम्मान गरेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।

फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईरालाको देशमा अहिले खाचो रहेको बताए । देशमा हरेक तह र तपका का नागरिकका लागि राज नेता एवम जन आन्दोलनका कमाण्डर स्व. गिरिजा प्रसाद कोईरालाको विचारको नै खाचो रहेको मोहम्मद सहाबुदिनले बताएका थिए ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया विशिष्ट अतिथि ने.का. का जिल्ला सभापति जनार्दन सिहं क्षेत्रि,उप सभापति राम नारायण प्रसाद कुर्मी ,अशोक कुमार गुप्ता, किरण देवी गुप्ता,दिना प्रसाद गुप्ता,नरेन्द्र साह,अतिथिहरुमा किरण सरकार, फाण्डेशनका सचिव धिरज गुप्ता, सदस्य जितेन्द्र सिंह,दिलिप राज कार्की,मिन्टु सिंह राहुल कुमार गुप्ता लगायतका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्धघोषण हरिनारायण प्रसाद यादवले गरेका थिए भने स्वागत मन्तव्य दिलिपराज कार्कीले राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

4 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

5 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

7 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

12 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

15 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

5 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

15 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

15 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

16 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

25 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले