लोसपाको सरकारमा जाने तयारी

4 वर्ष पहिले प्रकाशित

(2078-12-08 B.S.)

3847 पटक देखिएको

चैत्र ८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सहभागी हुने तयारी गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले आफूहरूका माग सम्बोधन भए लोसपा सरकारमा जानसक्ने बताएका छन् ।

लोसपाले नागरिकतासम्बन्धी मुद्दा समाधान गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

मंगलबार मधेस प्रदेशमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले लोसपा सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताए ।

"वर्तमान प्रधानमन्त्रीसँग लोसपाको मागबारे कुरा भइरहेको छ । झुटा मुद्दा लगाइएको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादर कार्कीसँग पनि कुरा भइरहेको छ । पटकपटक मुद्दाको विषयमा उहाँले पनि जानकारी लिइरहनुभएको छ । सरकारमा जानेबारे अहिलेसम्म औपचारिक नभएपनि हामी छलफल गर्न तयार छौँ," ठाकुरले भने।

तर, आफूहरूका माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने उनको दाबी छ । 

"हाम्रो माग सम्बोधन पहिलो प्राथमिकता छ । नागरिकता विधेयक र मधेश आन्दोलनमा लगाइएको झुटा मुद्दा फिर्ता भएपछि मात्रै सरकारमा जाने/नजाने कुरा बारे हामीले निर्णय लिन्छौँ," ठाकुरले भने ।

मंगलबार जनकपुर आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि लोसपा सरकारमा सहभागी हुन लागेको संकेत गरेका छन् । तर, गठबन्धनमा औपचारिक रूपमा छलफल भने नभएको उनले बताए ।

"प्रधानमन्त्रीसँग भेट्दा हामीलाई पनि लोसपालाई सरकारमा ल्याउने कुरा गर्नु भएको छ," उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

4 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

5 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

7 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

12 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

15 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

5 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

15 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

15 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

16 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

25 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले