नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

5 वर्ष पहिले प्रकाशित

(2078-12-08 B.S.)

3464 पटक देखिएको

चैत ८

इन्धन आपूर्ति र ढुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेका छन्।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन्। 

मूल्यवृद्धिपछिको पेट्रोलियम पदार्थको कारोबारमा रोकिएको कमिसन उपलब्ध गराउनुपर्ने, प्राविधिक नोक्सानी सम्बन्धमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन लागू गर्नुपर्नेलगायतका माग राख्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले चैत २० गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक पनि गरेका छन्। 

एलपी ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडाको हकमा डिजेलको मूल्य अत्याधिक बृद्धि भए पनि हालसम्म भाडा समायोजन नभएको भन्दै भाडा दर समायोजन गर्न र डिजेलको मूल्य बृद्धि हुँदा भाडा बढ्ने घट्दा स्वतः घट्ने स्वचालित ढुवानी भाडा व्यवस्था कायम गर्न, पेट्रोलियम ऐन बनाई लागू गर्नुपर्ने, निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली संशोधन गर्नुपर्ने र त्यसमा व्यवसायीको प्रतिनिधि राखिनुपर्ने पनि उनीहरुको माग छ।

गण्डकी प्रदेशमा पेट्रोलियम डिलर्स एसोसियसन गण्डकी धौलागिरीका अध्यक्ष राजन गोगंजुको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ। संघर्ष समितिको सहसंयोजकमा गण्डकी ट्याकंर व्यवसायी संघका अध्यक्ष सुरेन्द्ररमण पराजुली र एलपी ग्यास उद्योगका प्रतिनिधि मेघराज पौडेल रहेका छन्।

संघर्ष समितिले चैत्र १५ गतेसम्म स्थानीय स्तरमा तीनवटै क्षेत्रका प्रतिनिधि सम्मिलित स्थानीय आन्दोलन समिति गठन गर्ने, उपभोक्ता, र सरोकारवाला एवम् सञ्चार माध्यममा अन्तरक्रिया गर्ने, एलपी ग्यास लोड भएका गाडीहरु भन्सार छुटाउने कार्य बन्द गर्ने कार्यक्रम तय गरेका छन्।

१७ गतेदेखि एलपी ग्यास उद्योगबाट बिक्रेतालाई ग्यास विक्री नगर्ने र चैत १८ देखि पेट्रोलियम पदार्थको लोड अनलोड बन्द गर्ने र २० गतेदेखि देशभर ग्यास बिक्री बन्द गर्ने गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको संघर्ष समितिका संयोजक राजन गोगंजुले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

15 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले