“प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ”
उपेन्द्र पासवान
चैत १३ गते
विगतको वर्ष झैं यसवर्ष पनि “प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” को मूल नाराको साथ दुई दिने सम्म सातौं वार्षिक समारोह विन्दवासिनी गाउँपालिका वडा नं.५ प्रसौनी भाट्ठामा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालय प्राङ्गनमा श्री पी.एम.रशीद ज्यू प्रतिनिधि अन्तराष्ट्रिय अहमदिया मुस्लिम जमाअतको अध्यक्षतामा आयोजना सम्पन्न भयो ।
यस समारोहमा नेपालको विभिन्न जिल्लाहरुबाट सदस्यहरुलगायत यो संस्थाको पदाधिकारीहरुको सहभागिता रहयो । साथै यो क्षेत्रको माननीय सभासद,मेयर, वडा अध्यक्ष लगायत विभिन्न धार्मिक गुरुहरु, बुद्धिजिवीहरु र समाज सेवीहरुको पनि सहभागिता देखियो ।
यो समारोहमा आएका जन प्रतिनिधी र धर्मगुरुहरुले अहमदिया संघ नेपालद्वारा विगत २७ वर्षदेखि गरिरहेको मानव सेवा र समाज सेवाका कार्यहरुलाई प्रशंसा गर्नुभयो ।
विश्वमा शान्तिको स्थापनाको लागि अहमदिया समुदायको प्रयास प्रशंसनीय हो भनेर माननीय सभासद श्री हरिनरायण रौनियार ज्यूले भन्नुभयो । आदरणीय श्री लाल साह कानु ज्यू मेयर विन्दवासिनी गाउँपालिकाले यस समारोहको बधाई दिदै,यस प्रकारको समारोह मानवता कायम गर्नको लागि जरुरी छ भने कुरो राख्नुभयो ।
यसैगरि अहमदिया संघ नेपालद्वारा पर्साको विदवासिनी गाँउपालिकामा स्थापित सार्वजनिक शैक्षिक गुट्ठी श्री मसरुर पब्लिक आधारभूत विद्दयालयद्वारा निःशुल्क शिक्षा दिने कार्यलाई अमूल्य समाज सेवा हो भन्नेकुरो यही गाउँपालिकाको उपाध्यक्ष श्री किरण देवी ज्यूले व्यक्त गर्नुभयो।
श्री गोविन्द भाई ज्यू ब्रह्मकुमारी संस्थाको धर्मगुरुले यो समारोहमा सबै जाति,धर्म र धर्मगुरुहरुको ठूलो सम्मान हेरेर आफु अचम्भ भए कुरो भन्नु भयो । श्री डा.पीटर कमलेश्वर सिंघ ज्यू क्रीश्चन समाज मधेश प्रदेशको अध्यक्षले आपसमा भाईचारा र सहानुभूति कायम गर्ने यो समारोह सफल होस भनेर शुभकामना व्यक्त गर्नुभयो ।
यस समारोहमा सबै धर्मगुरुहरुले संसारमा मानवता र शान्ति कसरी स्थापित गर्ने कुरो आ–आफ्नो विचार एउटै मन्चबाट साझा गर्नुभयो ।
यस समारोहमा उपस्थित श्री प्रमोद तिवारी ज्यू समाजसेवी,श्री गम्भीरा शाह तेली,डा. हरिकृष्ण प्रसाद लगायत अन्य थुप्रै व्यक्तित्वहरुले यस समारोहलाई प्रशंसा गर्नुभयो ।
यस समारोहको उद्देश्य वर्षमा कमसे कम केही दिन यस्तो सुनिश्चित गर्नु थियो कि सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर सृष्टालाई सम्झोस । यो त्यस्तो सम्मेलन हो जसमा मानविय आचार संहिताको रक्षागर्ने, राष्ट्रीय एकता अखण्डता एवं धार्मिक सहिष्णुताको बारेमा चर्चा गरिन्छ र जमाअतको नारा “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” लाई समस्त संसारमा फैलाउनु प्रयास गरिन्छ भने श्री कमरुल होदा अन्सारी ज्यू राष्ट्रीय अध्यक्ष अहमदिया संघ नेपालले बताउनु भयो ।
"अहमदिया मुस्लिम जमाअत एक विशुद्ध धार्मिक तथा अध्यात्मिक जमाअत हो जसको राजनैतिक कुनै उद्देश्य छैन । यो जमाअत यसवेला विश्वको २१६ वटा देशहरूमा विर्सीएर अलमलमा परेको मानव जातिहरूलाई अल्लाह तआलाको उपासना को साथै एक आपसमा प्रेम तथा एकतामा आबद्ध गर्ने कार्यक्रम संचालन गर्दै आएको छ । यस जमाअतलाई वर्तमानमा पाँचौं(खलीफा) आध्यात्मिक उत्तराधिकारी नेतृत्व हजरत मिर्जा मसरूर अहमद ले नेतृत्व प्रदान गरिरहनु भएको छ । धर्मको कुनै भेदभाव नगरिकन मानव जातिको सेवा गर्नु यस जमाअतको मूख्य कार्य हो । जमाअत अहमदियाले संसारमा धर्मको नाममा भइरहेको उपद्रवको तथा राजनितीको समर्थन गर्दैन । धर्मको अर्थ केवल अध्यात्मिकता तथा अल्लाह तआलाको प्रेम प्राप्त गर्नु हो । अहमदिया जमाअतले हिंसा,अन्याय र आतंकलाई समर्थन गर्दैन ।"
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
4 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
5 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
7 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
12 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
15 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
5 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
15 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
15 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
16 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
25 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments