को हुन महानगर मेयरको चर्चामा रहेका मोहम्मद सहाबुदिन ?

5 वर्ष पहिले प्रकाशित

(2078-12-22 B.S.)

2773 पटक देखिएको

पवन प्रसाद साह 

वीरगंज , पर्सा

आउदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । एमाले र जसपाबाट क–कसले टिकट पाउने भन्ने पक्का पक्की नै छ ।

तर वीरगंज महानगरपालिकाको मेयरको प्रबल दावेदार मानिएको नेपाली कांग्रेसमा भने अहिलेसम्म कसले टिकट पाउने हो भन्ने टुंगो लागेको छैन् ।

नेपाली कांग्रेसबाटै झन्डै आधा दर्जन नेताहरुले मेयरका लागि पार्टीमा दाबी गरिसकेका छन् । नेताहरुको दाबी चलिरहेकै बेला पछिल्लो केही दिनयता महानगरवासीका बीच नेपाली कांग्रेसमा नयाँ उम्मेदवारको चर्चा परिचर्चा चलिरहेको छ ।‌२०४८ साल मा ने.बि.संघ को सदस्यता लिइ २०५१ सालमा ठाकुरराम बुहुमखी क्याम्पसको ईकाई उप सभापतिमा निर्वाचित भइ बिजयी भएका युवा नेता मोहम्मद सहाबुदिन ले यसपालीको वाीरगंज महानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रसबाट उम्मेदवार बन्ने विषयले वीरगंजको राजनीतिक माहोल तताएको छ ।

नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसबाट राजनीति सुरु गरेका गरेका मोहम्मद सहाबुदिनले प्रजातान्त्रिक बुथ सभापति तथा क्षेत्र नं १ को जिम्मेवारी समेत पाएका थिए।

ठाकुर राम बहुमुखी क्याम्पसको बुथ सभापति ,नगर सभापति ,जि.पी कोइराला फाउण्डेशन पर्साको अध्यक्ष तथा हालै सम्पन्न भएको नेपाली कांग्रेसको महाधिवेशन बाट क्षेत्र नं २ को क्षेत्रिय सभापतिको लागि प्रतिनिधी छनौटको लिस्टमा लोकप्रिय मत हासिल गरि निर्वाचित भएको नाम हो, मोहम्मद सहाबुदिन। ने.वि संघको राजनीति गर्ने क्रममा नेता सहाबुदिन २०४८ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिइ २०५१सालमा ठाकुर राम बहुमुखी क्याम्पसको इकाई उपसभापतिमा निर्वाचित भएका थिए ।

राजनीतिलाई धर्म मानि अनवतरत राजनीति परिवर्तनका लागि अगाडि बढि रहेका छन् । हरेक राजनैतिक आन्दोलनमा सक्रिय आन्दोलनकारीको भूमिका निर्वाह गरेका छन् । २०६२ /२०६३ सालमा भएको जनआन्दोलनमा पटक पटक गरी ३ चोटी जेल चलान समेत भएको र आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय पर्सामा कति चोटी हिरासतमा समेत बसेको साथै उहाँ निडर र राज नेता को रुपमा चिरपरिचित भइ नाम कमाएका नेता हुन ।

साथै सुशासन, गुरु योजना सहितको भ्रस्टचार मुक्त निति तथा कार्यक्रम लागु गर्न सक्ने, सक्षम नेतृत्व तथा दृढ इक्षा शक्ति भएका ब्यक्ति एकमात्र श्रेष्ठम बिकल्प यसपालीको आमनिर्बाचन (मेयर पद) का लागि नेपाली कॉंग्रेस पर्सा क्षेत्र न. २ का क्षेत्रिय सभापति मोहमद सहाबुद्दीनलाई पार्टीको तर्फ बाट उम्मेदवार बनाउन चर्चा परिचर्चा नेपाली कांग्रेस भित्र चलिरहेको छ।

युवानेतृत्व,प्रस्टनितितथाकार्यक्रम भ्रस्टाचारमुक्त सुशासनप्रणाली युवास्वरोजगार प्रस्टगुरुयोजना श्रेष्ठशिक्षानिति समृद्ध वीरगंज जस्ता नाराहरू लिई हिडेका छन्। पर्सा जिल्लाको नेपाली कांग्रेसमा एक कुशल नेतृत्वकर्ताको रुपमा नेता मोहम्मद सहाबुदिनलाइ मानिन्छ ।

नेता मोहमम्द सहाबुदिनले आफ्नो व्यक्तिगत लगानीमा गिरिजा प्रसाद कोइरालाको सालिक समेत बनाएर नाम कमाएका नेताको रुपमा चिरपरिचित भएको मानिन्छ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिमा भएका अधिकांश नेताहरु महमम्द साहबुदिन समकक्षी नै हुन् ।३ दशकभन्दा पनि लामो राजनैतिक यात्रामा मोहमम्द सहाबुदिन लाई सधैँ ओझेलमा पारिएको छ । आउदो बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसमा देखिएका विभिन्न आकांक्षीहरु मध्ये नेता मोहम्मद सहाबुदिन सर्वाधिक चर्चामा छन् ।

विभिन्न आकांक्षीहरु विगतमा टेस्टेड भइसकेकाले राजनीतिक सुझबुझ भएको र अनुभवी नेताको रुपमा वीरगंजको जनताले मोहम्मद सहाबुदिन जस्तो नेतृत्व पाए परिवर्तनको आशा राख्न सकिन्छ । विद्यार्थीकाल देखि राजनीतिमा होमिएका सहाबुदिन अरुलाई सुन्ने, बुझ्ने र अध्ययन गर्न सक्ने क्षमता भएको नेता मानिन्छन् । समयानुकूल विकास पूर्वाधार देखि युवा मतदाताको मर्म बुझ्ने क्षमता भएको मोहम्द सहाबुदिनले नेपाल विद्यार्थी संघको ठाकुर राम बहुमुखी क्याम्पस इकाई उपसभापति हुँदै नेपाली कांग्रेसको राजनीति मार्फत जनताको दुख सुखमा रात दिन लागि परेका हुन्छन् । हाल नेपाली कांग्रेसको क्षेत्र नं २ को क्षेत्रिय सभापति हुन् ।

समयानुकूल विकास, भ्रष्टाचार न्युनीकरण, सामाजिक न्याय र रुपान्तरणका लागि वीरगंज महानगर वासीको चाहना मोहमद सहाबुदिनले नै टिकट पाउन भन्ने रहेको चर्चा पाइएकोछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

13 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

13 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले