औरहीको विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन

ममता शर्मा
महोतरीको औरही नगरपालिकामा विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । औरही नगरपालिकाका नगरप्रमुख सुनिलकुमार यादव ,पुर्व उद्योग तथा आपूर्ति मन्त्रि महेन्द्र कुमार यादव र पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवद्वारा संयुक्त रुपमा औरही नगरपालिकाको विभिन्न स्थानमा सञ्चालन हुन लागिएका विकास कार्यहरूको उद्घाटन तथा निर्माण हुन लागेका कार्यहरूको शिलान्यास भएको छ ।
औरही नगरपालिका वडा नम्बर ५ मा नगर अस्पतालको शिलान्यास गरिएको छ । जसको लागि १८ करोडको बजेट विनियोजन गरिएको नगरप्रमुख सुनिल कुमार यादवले जानकारी दिएका छन् । १५ शैय्याको अस्पताल निर्माणको लागि पुर्व उद्योग तथा आपूर्ति मन्त्रि यादवले आफ्नो १४ कठ्ठा जग्गा प्रदान गरेको समेत उनले बताए ।
त्यसैगरी नगरपालिकाको ९ वटा वडामध्ये ७ वटा वडा (८,५,६ र २ ) मा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । जसको लागत ४०/४० लाख भएको रहेको छ । अर्को दुईवटा वडामा ६०/६० लाखको लागतमा स्वास्थ्यचौकी निर्माण गरिएको छ । त्यस्तै नगरभित्र सामुदायिक भवनको समेत उद्घाटन गरिएको छ ।
वडा नं ५ मा निर्माण गरिएको सो भवनको लागत ७० लाख रहेको छ । त्यसैगरी श्रीपुर र कविलासा जोड्ने जङ्गहा पुलको उद्घाटन भएको छ । पुल निर्माण लागत २६ करोड रहेको नगरप्रमुखले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर ६ मा ३० लाखको लागतमा निर्माण गरिएको रामजानकी मन्दिरको समेत उद्घाटन गरिएको छ । यी सबै कार्यक्रम आज एकै दिन सम्पन्न भएको छ ।
जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली
महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..
6 दिन पहिले
रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश
ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..
6 दिन पहिले
शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..
काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..
7 दिन पहिले
सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..
महोत्तरी, भदौं १६ गते महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..
22 दिन पहिले
गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो
महोत्तरी, भदौं १६ गते सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग
काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..
25 दिन पहिले
रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश
ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..
शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..
काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमा..
जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली
महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..
कमेन्ट गर्नुहोस्
view comments