उत्कृष्ट विद्यालयको प्रमाणपत्र आधुनिक राष्ट्रिय माविलाई

4 वर्ष पहिले प्रकाशित

(2079-01-05 B.S.)

2800 पटक देखिएको

 गौशाला

हेटौंडा–४ स्थित रहेको श्री  आधुनिक राष्ट्रिय माविले प्राप्त गरेको उत्कृष्ट विद्यालयको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । ब्रिटिस काउन्सिलले प्रदान गरेको उत्कृष्ट सामुदायिक विद्यालयको प्रमाणपत्र मंगलबार बिहान हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालयका प्रधानाध्यापक वीरवंश बैठालाई हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने सपना पूरा भएको विद्यालयका प्रधानाध्यापक बैठाले दावी गर्नुभयो । विद्यालयको स्रोत, साधनले अवार्ड प्राप्त गर्न योग्य बनाएको बैठाको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्तबहादुर बिश्वकर्माको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य कार्यक्रम भएको थियो । मेयर महतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेर आधुनिक राष्ट्रिय माविले हेटौंडा र विद्यालयको नाम उच्च राख्न सहयोग गरेको बताउनुभयो ।

एक बर्षमा गरिएको मिहिनेतको उपलब्धीस्वरुप अवार्ड प्राप्त भएको भन्नुहुँदै ब्रिटिस काउन्सिलको स्तरीकरण परियोजनाका संयोजक सुरज बुढाथोकील आधुनिक राष्ट्रिय माविले नाम मात्र नभई कामले अन्तर्राष्ट्रिय विद्यालय बनाएको बताउनुभयो । शैक्षिक विकास कार्यक्रममा सहयोग गर्नुहुने शिक्षकहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

12 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले