मकै बालिमा सताइरहेको फौजी किरा के हो र समाधान कसरी गर्ने
बैशाख,९
पवन प्रसाद साह
प्राविधिक दर्शन हावापानी अनुसार माघदेखि असोजसम्म मकै लगाउने गरिन्छ। परम्परागत मकै लगाउने मूख्य सिजन भनेको बैशाखदेखि जेष्ठ हो। यो मौसममा जुनसुकै क्षेत्रमा पनि मकैको राम्रो उत्पादन हुने बाली विशेषज्ञहरू बताउँछन्।
अमेरीकन फौजी किराले नेपाल प्रवेश गरेदेखि मकै लगाउने किसानहरू चिन्तित भएका छन्। किसानले लगाएका मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि किसान चिन्तित बनेका हुन् । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गरेका छन।

अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो । यो राति चर्न मन पराउँछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको विज्ञहरु बताउँछन् ।
बैशाख २६ गते नवलपरासीको गैंडाकोट क्षेत्रमा पहिलोपटक फौजी किरा फेला परेको थियो । यो कीरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति पुर्याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।
यसले मकै मात्रै नभई जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु तथा अन्य घाँसमा पनि असर पुर्याउने गरेको छ । बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ ।
खाना र बासस्थानको खोजीमा यो किराको बयस्क पुतली एक दिनमा १ सय किलोमिटर र जीवनमा २ हजार किलोमिटरसम्म उडेर जान सक्छ । अमेरिका पछि अफ्रिकी महादेशको नाईजेरियामा सन २०१६ को जनवरीमा देखा परेको थियो । अहिले ४० भन्दा बढी अफ्रिकी मुलुकमा फैलिसकेको बताइन्छ ।
नेपालको तापक्रम र पानी पर्ने पद्धति फौजी कीरालाई फैलिन र मौलाउन सहयोग पुग्ने कृषि तथा कीट वैज्ञानिकहरूको भनाइ छ । कसरी थाहा पाउने फौजी किराको प्रकोप फौजी किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ ।
हुर्कदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ । भने टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको हुन्छ । अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ । जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ । लार्भाले खाँदै गर्दा आलो दिसा हुन्छ ।
पछि गुभोभित्र समेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ । यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ । घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने कृषि विज्ञको भनाइ छ ।
फौजि किरा यसरी व्यवस्थापन गर्न सकिन्छ :
-कृषि विषयमा अध्यानरत विद्यार्थी सुनिल बस्नेत
-मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने
-घोगा राम्रोसँग खोस्टाले छोपिने जातको मकै लगाउने
- बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने
- मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ
- डेस्मोडिअम घाँस यो कीरालाई मन नपर्ने हनुाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने अनि छेउछेउमा कीरालाई मनपर्ने नेपिअर घाँस लगाएर कीरालाई आकर्षित गरी मार्ने
- मकै उम्रेदेखि नै बालीको नियमित रुपमा अवलोकन गर्ने
- मकै लगाएको खेतबारीमा अमेरिकन फौजी कीराको पासोको प्रयोग गर्ने
- यदि विरुवा घुँडा अवस्था सम्मको छ भने तल उल्लेखित विषादी सुरक्षित तवरले प्रयोग गर्ने
-निममा आधारित विषादी एजार्डीरेक्टिन १.५ मि.लि. प्रति लिटर पानीका दरले वा २० इमामेक्टिन बेन्जोएट १ ग्राम प्रति २.५ लिटर पानीको दरले वा ३० क्लोरो एन्ट्रानिलिप्रोल १८.५ प्रतिशत ई.सी. १ मि.लि. प्रति २.५ लिटर पानीको दरले वा ४० स्पाइनोसेड ४५५ ई.सी.१ मि.लि. प्रति ३ लिटर पानीको दरले मिसाई गुबोमा पर्ने गरि वोटहरु राम्ररी भिज्ने गरी छर्कनु पर्छ ।
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
7 घन्टा पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
2 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
3 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
9 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
12 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
2 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
12 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
12 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
13 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
22 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments