बोक्सीको आरोपमा दुई महिलामाथि कुटपिट, दुईजना पक्राउ

4 वर्ष पहिले प्रकाशित

(2079-02-28 B.S.)

4315 पटक देखिएको

महोत्तरी,२९ गते 

महोत्तरीमा बोक्सी आरोपमा दुई महिलामाथि कुटपिट भएको छ ।महोत्तरीको  जलेश्वर नगरपालिका ६ धबौलीकी ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीमाथि बोक्सी आरोपमा कुटपिट भएको हो ।

स्थानीय रामु राम चमारकी श्रीमती सोमन देवी भन्ने सोमारी देवीसहितले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् ।भुतप्रेत लगाएको भन्दै बिहीबार बिहान साढे १० बजेको समयमा सोमनदेवी समेतले चुल्ठो समातेर, हात, लात्ती र लाठी समेतले कुटपिट गरी दुबैजनलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

कुटपिटबाट घाइते भएकी कालो देवीको उपचार जनकपुर स्थित जानकी हेल्थकेयरमा भएर घर फर्केकी छन् ।कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य केहि व्यक्तिहरु फरार रहेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २८ वर्षीया सोमारी देवी र ४५ वर्षीय भुलन राम चमार रहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

पीडित कालो देवीको छोरा अमित महत्तो र दुलरिया देवीका नाती रामजीवन राम समेतले कुटपिटहरु गर्नेविरुद्ध दिएको जाहेरीको आधारमा दुबैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुबैजनामाथि “बोक्सीको आरोप लगाई कुटपिट गरि ज्यान मार्ने उधोग“ शिर्षकमा मुद्दा दर्ता गरि थप कुटपिटमा संलग्न रहेर फरार रहेका आरोपीहरुको खोजविन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले