संचार माध्यमको विकासको लागि सुझाव संकलन गोष्ठी सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-02-30 B.S.)

3251 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

मधेश प्रदेशमा संचालित विभिन्न संचार माध्यमको विकासको लागि सुझाव संकलन गोष्ठी सम्पन्न भएको छ । सोमबार जनकपुरधाम स्थित जिल्ला समन्वय समितिको हलमा मिडिया काउन्सिलद्वारा आयोजित उक्त गोष्ठीमा सिरहा ,सप्तरी ,महोत्तरी ,धनुषाका संचारकर्मी संग सुझाव संकलन गरिएको  छ ।

काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा वरिष्ट पत्रकार रामभरोस काफ्ले ,काउन्सिलका केन्द्रिय सदस्य नवलकिशोर यादव ,टेलिभिजन संचालन संघका अध्यक्ष विष्णु कुवर ,काउन्सिलका प्रप्रअ मुनेश्वर यादव लगायत विभिन्न संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

संचार क्षेत्र सुदृढिकरणको लागि संचारकर्मीहरुको सुझाव कार्यक्रममा धनुषा ,महोत्तरी ,सिरहा र सप्तरी समुह विभाजन गरि संकलन गरिएको छ ।

संचार माध्यमको लागि कोष निर्माण तथा अनुदान स्वरूप  सहयोग प्रदान हुनुपर्ने ,लोककल्याणकारी विज्ञापन तथा स्थानीय स्तरका सूचना संचार माध्यमलाइ सहजै उपलब्ध हुनुपर्ने ,नियम विपरित रुपमा संचालन भएका संचार माध्यमहरुलाइ नियमित अनुगमन गरि काउन्सिलले कारवाहीको लागि पहल गर्नुपर्ने ,संचार सामग्री तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्ने ,संचारकर्मीहरुलाइ प्रोत्साहन गर्नको लागि पुरस्कारको व्यवस्थापन गर्नुपर्ने ,महिला पत्रकारहरुको लागि काउन्सिलले विशेष पहल गर्नुपर्ने ,संचार माध्यम प्रभावकारी बनाउन संचारकर्मीहरुलाई समयानुकूल विभिन्न तालिमको व्यवस्थापन हुनुपर्ने लगायतका माग तथा सुझाव पत्रकारहरुले प्रस्तुत गरेका छन् ।

संचारकर्मीहरुले समाजको लागि विभिन्न समस्याहरुको बिचमा कार्यभूमिका निर्वाह गर्दै आएको प्रति काउन्सिलका अध्यक्ष भट्टराईले धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले संचारकर्मी तथा संचार क्षेत्र प्रवर्धनका निम्ति आफ्नो ठाउँबाट नै व्यक्तिगत पक्ष बलियो आधार निर्माण हुनुपर्ने बताएका छन् । त्यस्तै उनले कार्यक्रमका संचारकर्मीहरुबाट प्राप्त सुझाव सम्बोधनको लागि आवश्यक अनुसार पहल गर्ने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले