विपन्न तथा गरिव परिवारलाई ७८ हजार सहयोग
ममता शर्मा
गौशाला
महोत्तरीमा गरिव तथा विपन्न ३ परिवारलाई सहयोग गरिएको छ । महोत्तरी समाज सेवा कतार संस्था र महोत्तरी जिल्लामा संचालित रहेको महोत्तरी समाज सेवा नेपालको संयुक्त सहयोगमा ३ ओटा विपन्न परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
जिल्लाको बलवा नगरपालिका वडा न.८ बनौटा निवासी रन्जु देवीलाई १५ हजार सहयोग संस्थाद्वारा गरिएको छ । रन्जु देवीको घरायसी अवस्था कमजोर र श्रीमान रक्सिको कुलतमा फसी आफ्नो घरप्रति बेखबर रहेकोले उनलाई दैनिकी गुजारा गर्न समेत मुस्किल परेको छ । आफ्नो २ ओटा बच्चालाई पालन पोषण गर्न उनलाई निकै धौधौ परेको स्थानीय मनोज यादवले जानकारी दिए । रन्जु देवीको घर पनि असुरक्षित र टुटेफुटेको रहेको देखिएको छ । स्थानीय सरकारलाई गाउँलेहरु मिलि पटक पटक पहल गर्दा पनि वेवास्ता गरेको रन्जु देवीले गुनासो गरेकी छिन ।

त्यस्तै मनारसिस्वा नगरपालिका वडा न.६ सरपल्लो निवासी स्थानीय नरेश ठाकुरकि छोरी अंकिता ठाकुरलाई आज ४८ हजार रकम संस्थाले उपचारको लागि सहयोग गरेको छ । ५-६ वर्षीय अंकिता ठाकुर मिर्गौला पिडित हुन् ।

त्यसैगरी औरही नगरपालिका वडा न.७ टिमकीया निवासी अनिता देवी यादवलाई पनि १५ हजार रकम सहयोग गरिएको छ । उनको श्रीमान स्व.रामचन्द्र यादवको विदेशमा (मलेसिया ) काम गर्न गएको बेला मृत्यु भएकोले उनको घरायसी अवस्था कमजोर भएपछी उनलाई सो रकम सहयोग गरिएको संस्थाका अध्यक्ष निरन्जन कुमार साहले जानकारी दिएका छन् ।

मानव सेवाको उद्देश्यले संचालित यस संस्थाले वर्षौदेखि विदेश तथा नेपालमा अलपत्र परेका ,समस्यामा परेका ,गरिव विपन्न तथा असहायहरुलाई विभिन्न किसिमको सहयोग गर्दै आएको कोषाध्यक्ष नवल किशोर साहले बताए । आगामी दिनहरुमा पनि समस्यामा परेको जोकोहीलाई पनि आफ्नो संस्थामार्फत निस्वार्थ रुपमा सक्दो सहयोग गर्ने संस्थाका अध्यक्ष साहले बताएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments