विपन्न तथा गरिव परिवारलाई ७८ हजार सहयोग
ममता शर्मा
गौशाला
महोत्तरीमा गरिव तथा विपन्न ३ परिवारलाई सहयोग गरिएको छ । महोत्तरी समाज सेवा कतार संस्था र महोत्तरी जिल्लामा संचालित रहेको महोत्तरी समाज सेवा नेपालको संयुक्त सहयोगमा ३ ओटा विपन्न परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
जिल्लाको बलवा नगरपालिका वडा न.८ बनौटा निवासी रन्जु देवीलाई १५ हजार सहयोग संस्थाद्वारा गरिएको छ । रन्जु देवीको घरायसी अवस्था कमजोर र श्रीमान रक्सिको कुलतमा फसी आफ्नो घरप्रति बेखबर रहेकोले उनलाई दैनिकी गुजारा गर्न समेत मुस्किल परेको छ । आफ्नो २ ओटा बच्चालाई पालन पोषण गर्न उनलाई निकै धौधौ परेको स्थानीय मनोज यादवले जानकारी दिए । रन्जु देवीको घर पनि असुरक्षित र टुटेफुटेको रहेको देखिएको छ । स्थानीय सरकारलाई गाउँलेहरु मिलि पटक पटक पहल गर्दा पनि वेवास्ता गरेको रन्जु देवीले गुनासो गरेकी छिन ।

त्यस्तै मनारसिस्वा नगरपालिका वडा न.६ सरपल्लो निवासी स्थानीय नरेश ठाकुरकि छोरी अंकिता ठाकुरलाई आज ४८ हजार रकम संस्थाले उपचारको लागि सहयोग गरेको छ । ५-६ वर्षीय अंकिता ठाकुर मिर्गौला पिडित हुन् ।

त्यसैगरी औरही नगरपालिका वडा न.७ टिमकीया निवासी अनिता देवी यादवलाई पनि १५ हजार रकम सहयोग गरिएको छ । उनको श्रीमान स्व.रामचन्द्र यादवको विदेशमा (मलेसिया ) काम गर्न गएको बेला मृत्यु भएकोले उनको घरायसी अवस्था कमजोर भएपछी उनलाई सो रकम सहयोग गरिएको संस्थाका अध्यक्ष निरन्जन कुमार साहले जानकारी दिएका छन् ।

मानव सेवाको उद्देश्यले संचालित यस संस्थाले वर्षौदेखि विदेश तथा नेपालमा अलपत्र परेका ,समस्यामा परेका ,गरिव विपन्न तथा असहायहरुलाई विभिन्न किसिमको सहयोग गर्दै आएको कोषाध्यक्ष नवल किशोर साहले बताए । आगामी दिनहरुमा पनि समस्यामा परेको जोकोहीलाई पनि आफ्नो संस्थामार्फत निस्वार्थ रुपमा सक्दो सहयोग गर्ने संस्थाका अध्यक्ष साहले बताएका छन् ।
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
3 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
3 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
9 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
11 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
12 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
3 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
3 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
11 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
21 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
21 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
22 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनद..
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कु..
कमेन्ट गर्नुहोस्
view comments