लकडाउनमा चौध दिनको अज्ञात बनबास
विचार मोहम्मद अझरुदीन
म, मेरो परिवार, मेरो समाज ,मेरो देश मात्र नभई सारा विश्व अहिले कोरोनको शिकार भएको छ । कताकता यो मनले कोरोनाको त्रासले घरजम गरिसकेकको जस्तै घरीघरी प्रश्न गरिरहेको छ । उहिले उहिले त लाग्थ्यो कि घरमा नबसेर दिनभरी काममा थाकिन्छ होला तर अहिले ठीक उल्टो भाको छ । तर अहिले काम नगरी बसीबसी नै थाकिन्छ । सामाजिक रुपरेखा र चहलपहल नै बदलिएको छ। हिन्दू ग्रन्थअनुसार राम भगवानलाई आदेशको पालना गर्न चौध दिनको बनबास जानुपरेको हामीमाझ बिदितै छ तर अहिले बाहिरबाट आएकाहरुलाई कोरोनाको डरले पहिला नै चौध दिनको बनबास काटेझैँ भएको छ ।
सरकारले कोरोनालाई पराजित गर्न सकेसम्मको हरेक सम्भव कार्य गरिरहेको पाइएको छ । एकलबासको सुविधाले कतिपय ठाउँमा मानिसहरुलाई राहत प्रदान गरेको छ भने कतिपय ठाउँमा मानिसहरु आहत भएका छन । उचित खानपिन, शौचालय, ओछ्यान, सरसफाइ, उचित बासस्थान आदि जस्ता कुराहरुको अभावमा अझ पनि उनीहरुमा संक्रमणको अवस्था दयनीय नै रहेको संचार माध्यमहरुको आरोप रहेको छ। स्थानीय सरकारको पहलमा बाँड्न आएका राहत सामाग्रीहरु सही ढंगबाट बितरण नभएको जनगुनासो दिनहुँ सुन्नमा आइ नै रहन्छ ।
शैक्षिक,धार्मिक,सामाजिक,राजनैतिक,व्यावसायिक,आर्थिक आदि सम्पूर्ण पक्षहरु धरापमा दफन भएको कतिपय जानकारहरुको चेतावनी रहेको छ । कोरोना संक्रमितको संख्या दिनहुँ यसरी नै थपिदै गयो भने यसले देशमा भोकमरी, बेरोजगारी,महामारी,आर्थिक मन्दी आदि जस्ता समस्या निम्त्याउने र देश लगायत सम्पूर्ण जनताको भविष्य अन्धकारमा नजाने भन्न सकिन्न । सारा विश्वलाई नै आर्थिक द्वन्द र बेरोजगारीको चपेटामा लिन पनि बेर नलगाउने अनुमान विश्व स्वास्थ्य संगठन९ध्ज्इ० ले गरेको प्रतिबेदन सार्वजनिक भईरहेको छ। करोडौ मानिसहरुले रोजगारी गुमाउने पक्का पक्की जस्तै देखिएको छ ।उद्योगधन्दा, कलकारखाना, पर्यटन , आदि अनेक पक्ष प्रभावित भएको छ ।
बिद्यार्थी भाइबहिनीहरु आफ्नो उज्जवल भविष्यको खोजीमा घरमै बस्न बाध्य भएका छन् भने निजि स्तरमा कार्यरत मानिसहरु अझ पनि अन्योलमै छन कि यो बन्दाबंदीले अझै कति लामो यात्रा तय गर्ने होला रु गर्भवती महिलाले अनाहकमा ज्यान गुमाउनु परेको छ भने दीर्घरोगीहरु उपचारको पर्खाईमा प्राण त्यागी रहेका छन । जनसंख्या घट्नुको सट्टा झनै बढ्न सक्ने कतिपय जनसख्याविदहरुको भनाइ रहेको छ । सरकारी कर्मचारीहरुमध्ये प्रहरी, स्वास्थ्यकर्मी र पत्रकारहरुले ज्यान जोखिममा राखी आम जनताको सेवामा मृत्युको बाटो रोक्न हरदम तम्तयार रहेको पाइन्छ । यसरी हेर्ने हो भने जीवनयापन गर्न आम जनतालाई दिनहुँ पीडा भैरहेको ज्ञात हुन्छ ।
सामाजिक दुरी कायम , मास्कको प्रयोग, साबुन पानीले हात धुने जस्ता कार्यहरु गर्दा पनि भित्री आत्माले आफू सुरक्षित रहेको महसुस गर्न कठिन भैरहेको छ ।बिजुली,पानी,यातायात,घर,सम्पति,जग्गा जमिन आदिको करले पछि झन कति पिरोल्ने होला भन्ने सवालको जवाबमा मानिसहरु भौतारी रहेका छन् । देशमा ब्याप्त गरीबी, भ्रष्टचारी, भोकमरीका शिकार हामी नेपाली जनतालाई कसले मुक्ति देला भन्ने आशमा बसिरहेका छन् ।कवारेन्टयानमा जीवनयापन गरी रहेकाहरु अझ पनि आफ्नो जीवन र मृत्युको बीचमा लडिरहेका छन् ।
रामायणमा हनुमानजीले संजीवनी बुटी ल्याए झैँ हाम्रो कोरोनालाई निर्मूल पार्ने रामवाण संजीवनी बुटी कहिले र कसले ल्याउने भन्ने पर्खाईमा बसि नै रहनु पर्ने कि नाई भन्ने सवालको जवाबमा आम नेपाली जनताको मनले सही उत्तर पाउन सकेको छैन ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments