संघीय सरकार विरुद्ध ६ वटा प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीले संयुक्त रुपमा कडा कदम चाल्ने चेतावनी
जनकपुरधाम, असार २३ गते ।
प्रहरी समायोजन ऐन कार्यान्वयन नगरेको भन्दै संघीय सरकार विरुद्ध ६ वटा प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीले संयुक्त रुपमा कडा कदम चाल्ने चेतावनी दिएका छन्।
जनकपुरमा विहिबार मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको शान्ति सुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रममा मन्त्रीहरुले यस्तो उद्घोष गरेका हुन्।
संघीय सरकारले प्रहरी समायोजन ऐन कार्यान्वयन गर्न नचाहँदा प्रदेशका जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन नसकेको मन्त्रीहरुले गुनासो गरेका हुन्।उनीहरुले संयुक्त रुपमा संघीय सरकारविरुद्ध अघि बढ्ने चेतावनी दिएका छन्।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सातवटै प्रदेश गोलबन्द भएर चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए। उनले आफूहरुको शान्तिपूर्ण तरिकाबाट संघीय सरकारले प्रहरी समायोजन गरी माग सम्बोधन नगरे संघ सरकारका सुरक्षाकर्मीलाई चौकी चौकीबाट बाहिर निकाल्ने कडा चेतावनी दिए।
संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न संघीय सरकार आनाकानी गरेकाले एकमत भएर अघि बढ्नुको विकल्प नरहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए।
‘संघीयता विरोधी तथा एकात्मक सोच भएकाहरुलाई सन्देश दिन यहाँ भेला भएका हौँ’ मन्त्री कार्कीले भने, ‘जनकपुर घोषणापत्र जारी पछि दबाब सिर्जना गर्न मुख्यमन्त्री र मन्त्रीहरु काठमाडौं जाऔँ।’
बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री कृष्ण प्रसाद खनालले संविधान जारी भए अनुसार नै कार्यान्वयनमा अवरोध गर्नेलाई धरातल देखाउनु पर्ने चेतावनी दिए।
‘जसरी जारी भयो, त्यसरी नै पालना गरियोस्। नभए हामी काठमाडौं पुगेर संघीय सरकार हाम्रो प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद सबैलाई धरातल देखाउने प्रतिवद्धता यो भेलाबाट होस्’ उनले भने।
संविधान प्रदत्त अधिकार संघीय सरकार तल्लो तहसम्म दिन नचाहँदा जनताको अधिकार कुण्ठित भइरहेको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले बताए। संघीय सरकार विरुद्ध सबै प्रदेश एक भएर अघि बढ्दा संविधानले दिएको अधिकार प्राप्त हुने उनले विश्वास व्यक्त गरे।
लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री तिलराम शर्माले संविधान कार्यान्वयन संघीयता विरोधी मानसिकता, प्रतिगामी सोच, केन्द्रीकृत एकात्मक धारणाको कारण चुनौतीपूर्ण भएको बताए। उनले यो भेला संघीयता विरोधीहरुका लागि ठूलो प्रहार रहेको दाबी गरे।
सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री रणबहादुर रावलले गोलबन्द भएर आफ्नो अधिकारको निम्ति अघि बढ्नु पर्नेमा जोड दिए। उनले आफ्नै प्रहरी प्रशासन नहुँदा प्रदेश सरकारलाई विपद व्यवस्थापनमा समेत चुनौती झेल्नु परेको गुनासो गरे।
कार्यक्रम मधेश प्रदेशका गृहमन्त्री साहको अध्यक्षता तथा मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा भएको हो। सो कार्यक्रममा कर्णाली प्रदेशबाहेकका सबै प्रदेशका गृहमन्त्रीको सहभागिता थियो।

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
5 घन्टा पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
14 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
18 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
21 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
25 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
14 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
25 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
27 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
29 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
1 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
1 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत..
कमेन्ट गर्नुहोस्
view comments