राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
ममता शर्मा
गौशाला , असार २७
महोत्तरीको बर्दिवास नगरपालिकामा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सोमबार बर्दिवास स्थित रहेको दिपक पार्टी प्यालेसमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको आयोजना र बर्दिवास नगरपालिकाको समन्वयमा प्रदेश स्तरीय सार्वजनिक कार्यक्रम भएको हो ।
'सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारीमा सरकार नागरिक भुमिका' भन्ने मुल नारा र राज्यले नागरिकलाई उपलब्ध गराउने समाजिक सुरक्षा भत्ता कार्यक्रम बारे जानकारी गराउदै सुशासन प्रवधनमा सघाउ पुर्याउने उदेश्यले सार्वजनिक सुनवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा भत्ताका विषयमा सर्वसाधारणले भोग्दै आईरहेका समस्या तथा चुनौतीहरुको वारेमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागका महानिर्देशक समक्ष सेवाग्राहीहरुले प्रश्न गरेका छन् । त्यस्तै उपस्थित सेवाग्राहीहरुले सामाजिक सुरक्षा भत्ता लिन झन्झटिलो भएको र अशक्त, अपाङ्गलाई यस सम्बन्धि विभिन्न प्रक्रियाले सास्ती भोग्नु परेको गुनासो गरेका छन् । भत्ता लिनको लागि सम्बन्धित बैंकमा नै जानुपर्ने हुँदा टाढाका व्यक्तिलाई खर्च बढी लाग्ने , बैंकमा लामो समयसम्म लाईन वस्नुपर्ने ,बैंकका कर्मचारीहरुले सहजै कार्य नगरिदिने जस्ता गुनासो सेवाग्राहीहरुले गरे।
त्यति मात्र नभएर अशक्त र अपांगहरुलाई सामाजिक सुरक्षा भत्ता सम्बन्धित निकायले घरमा नै पुर्याईदिए सहजता हुने सेवाग्राहीहरुले सुझाव दिए ।

कार्यक्रममा सहभागीहरुले गरेका जिज्ञासा तथा प्रश्नको जवाफ राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग महानिर्देशक तिर्थराज भट्टराईले व्यक्त गरे । उनले सामाजिक सुरक्षा भत्ता सम्बन्धि समस्यालाइ सम्बन्धित सरोकारवाला संग छलफल गरेर आवश्यक निति ल्याउने दावी गरे ।
कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले सामाजिक सुरक्षा भत्ताले केहिहद सम्म जनप्रतिनिधिलाई समस्या भएको वताए । भत्ता सेवाग्राहीले सजिलै पाउनका लागि बैंक तथा सम्बन्धित निकायका कर्मचारीले अवरोध सिर्जना गरेता पनि दोस जनप्रतिनिधिलाई आउनु दु:खद रहेको बताए । बैंकको कारणले सेवाग्राहिहरुलाई निकै शास्ति भोग्नु परेकोले इच्छुक बैंक तथा भत्ता सजिलै वितरण गर्ने सक्ने बैंकलाई यस कार्यको जिम्मेवारी दिनुपर्ने बताए।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग महानिर्देशक तिर्थराज भट्टराई, मधेश प्रदेश सभा सदस्य माननीय शारदादेवी थापा, प्र.जि.अ वासुदेव दाहाल, सर्लाहीका प्र.जि.अ. थानेश्वर गौतम ,भंगहा न.पा. का नगर प्रमुख संजिव साह,लालवन्दी न.पा. का नगर प्रमुख वासुदेव अधिकारी लगायत समाजिक सुरक्षा भत्ता उपभोग गर्ने सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन पत्रकार महासंघ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बरालले गरेकी थिइन् ।
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
3 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
3 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
9 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
11 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
12 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
3 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
3 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
11 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
21 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
21 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
22 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनद..
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कु..
कमेन्ट गर्नुहोस्
view comments