राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-03-27 B.S.)

3148 पटक देखिएको

ममता शर्मा 

गौशाला , असार २७ 

महोत्तरीको बर्दिवास नगरपालिकामा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सोमबार बर्दिवास स्थित रहेको दिपक पार्टी प्यालेसमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको आयोजना र बर्दिवास नगरपालिकाको समन्वयमा प्रदेश स्तरीय सार्वजनिक कार्यक्रम भएको हो ।

'सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारीमा सरकार नागरिक भुमिका' भन्ने मुल नारा र राज्यले नागरिकलाई उपलब्ध गराउने समाजिक सुरक्षा भत्ता कार्यक्रम बारे जानकारी गराउदै सुशासन प्रवधनमा सघाउ पुर्‍याउने उदेश्यले  सार्वजनिक सुनवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सामाजिक सुरक्षा भत्ताका विषयमा सर्वसाधारणले भोग्दै आईरहेका समस्या तथा चुनौतीहरुको वारेमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागका  महानिर्देशक समक्ष सेवाग्राहीहरुले प्रश्न गरेका छन् । त्यस्तै उपस्थित सेवाग्राहीहरुले सामाजिक सुरक्षा भत्ता लिन झन्झटिलो भएको र अशक्त, अपाङ्गलाई यस सम्बन्धि विभिन्न प्रक्रियाले सास्ती भोग्नु परेको गुनासो गरेका छन् । भत्ता लिनको लागि सम्बन्धित बैंकमा नै जानुपर्ने हुँदा टाढाका व्यक्तिलाई खर्च बढी लाग्ने , बैंकमा लामो समयसम्म लाईन वस्नुपर्ने ,बैंकका कर्मचारीहरुले सहजै कार्य नगरिदिने जस्ता गुनासो सेवाग्राहीहरुले गरे।

त्यति मात्र नभएर अशक्त र अपांगहरुलाई सामाजिक सुरक्षा भत्ता सम्बन्धित निकायले घरमा नै पुर्‍याईदिए सहजता हुने सेवाग्राहीहरुले सुझाव दिए ।

कार्यक्रममा सहभागीहरुले गरेका जिज्ञासा तथा प्रश्नको जवाफ राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग महानिर्देशक तिर्थराज भट्टराईले व्यक्त गरे । उनले सामाजिक सुरक्षा भत्ता सम्बन्धि समस्यालाइ सम्बन्धित सरोकारवाला संग छलफल गरेर आवश्यक निति ल्याउने दावी गरे ।

कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले सामाजिक सुरक्षा भत्ताले केहिहद सम्म जनप्रतिनिधिलाई समस्या भएको वताए । भत्ता सेवाग्राहीले सजिलै पाउनका लागि बैंक तथा सम्बन्धित निकायका कर्मचारीले अवरोध सिर्जना गरेता पनि दोस जनप्रतिनिधिलाई आउनु दु:खद रहेको बताए ।  बैंकको कारणले सेवाग्राहिहरुलाई निकै शास्ति भोग्नु परेकोले इच्छुक बैंक तथा भत्ता सजिलै वितरण गर्ने सक्ने बैंकलाई यस कार्यको जिम्मेवारी दिनुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग महानिर्देशक तिर्थराज भट्टराई, मधेश प्रदेश सभा सदस्य माननीय शारदादेवी थापा, प्र.जि.अ वासुदेव दाहाल, सर्लाहीका प्र.जि.अ. थानेश्वर गौतम ,भंगहा न.पा. का नगर प्रमुख संजिव साह,लालवन्दी न.पा. का नगर प्रमुख वासुदेव अधिकारी लगायत समाजिक सुरक्षा भत्ता उपभोग गर्ने सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन पत्रकार महासंघ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बरालले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले