गौशालामा छुरा हानी ५ लाख लुटेको घटनाको खुल्यो रहस्य

4 वर्ष पहिले प्रकाशित

(2079-04-14 B.S.)

8646 पटक देखिएको

गौशाला ,श्रावण १४

महोत्तरीको गौशालामा छुरा प्रहार गरि ५ लाख लुटेको घटनाको रहस्य खुलेको छ ।

रामगोपालपुर नगरपालिका ७ ससौला निवासी र मा वैष्णवी रेमिटेन्सका संचालक समेत रहेका अरुण चौधरीको हिजो शुक्रबार साझ ५ बजेतिर औरही ,बर्दिबास ,गौशाला हुदै घर गईरहेको क्रममा गौशाला नगरपालिका वडा न.२ रेडक्रस भन्दा २ सय मिटर दक्षिण सडकमा छुरा प्रहार गरि ५ लाख लुटेको घटना सार्वजनिक भएको थियो । इलाका प्रहरी कार्यालय गौशालाले घटनाको वास्तविकता २४ घण्टा भित्र अनुसन्धान गरि पत्ता लगाएको छ ।

अरुण चौधरीले चलाउदै आइरहेको रेमिटान्समा रहेको सर्वसाधारणको पैसा बैंकमा जम्मा गर्न औरही ,बर्दिवास , गौशालाको बैंकमा गएका थिए तर उनको घरको आर्थिक अवस्था कमजोर भएको कारणले र  सर्वसाधारणको पैसा हिनामिना गर्ने उद्देश्यले आफै साजिस रचेर ५ लाख लुटपाट भएको जस्तो देखाईएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

चौधरीले घर फर्किदै रहेको क्रममा खुट्टामा आफै छुरा हानी ५ लाख लुटियो भनेर हल्ला गरेपछी सर्वसाधारण जम्मा भएका थिए । घटनाको केहि बेरमै इलाका प्रहरी कार्यालय गौशालाको टोली घटना स्थलमा पुगेका थिए ।

चौधरीको भनाइ अनुसार मोटरसाइकलमा सवार तिनजनाको अज्ञात समुहले उनि संग भएको पैसाको ब्याग खोसेर उत्तर तर्फ भागेका थिए । तर पैसाको (खाली) ब्याग त्यहि सडकको मुनि रहेको हेमपाइपमा पुलिसको  अनुसन्धानबाट फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

1 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

1 दिन पहिले

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

8 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

9 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

11 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

1 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

1 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

9 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

20 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

20 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

20 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कु..