मालपोत कार्यालय बारा कलैयाद्वारा ५३ करोड भन्दा बढीको राजश्व संकलन

4 वर्ष पहिले प्रकाशित

(2079-04-15 B.S.)

4626 पटक देखिएको

उपेन्द्र पासवान 

१५ श्रावण

भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाले आर्थिक वर्ष २०७८/०७९ मा लिखत पारित ,डीस्टिबन्धक पारित ,रोक्का पारितबाट नेपाल सरकारको नियम अनुसार ५३ करोड भन्दाबढी राजस्व संकलन गरेको छ।

मालपोत कार्यालय बाराले रजिस्ट्रेसन शुल्क ३४ करोड ६५ लाख ६५ हजार ४ सय २ रुपैंया , मधेस प्रदेश मुख्य मन्त्री स्वच्छता कोष ४ करोड ८५ लख ४५ हजार ६ सय २३ रुपैंया र पुँजीगत लाभकर १३ करोड ७३ लाख ९१ हजार ३ सय ११ रुपैंया गरि जम्मा ५३ करोड २५ लाख ०२ हजार ३ सय ३६ रुपैया राजश्व संकलन गरेको छ।

आर्थिक वर्षको श्रावण १ गते देखि २०७९ जेष्ठ मसान्तसम्म स्थानीय तहलाई रकम बाँडफाँड भएको भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाको सुचना अधिकारी सागर कुमार साहले जानकारी गराएका छन ।

त्यस्तै स्थानीय तह अन्तर्गत राजस्व बाँडफाँड गर्दा कलैया उपमहानगरपालिकालाई ७, करोड ९० लाख ४० हजार ९४ रुपैयाँ , महागढीमाई नगरपालिकालाई १ करोड १४ लाख २८ हजार ९ सय ३९ रुपैयाँ , कोहल्बी नगरपालिकालाई २ करोड ४५ लाख ४० हजार ६ सय ६५ रुपैयाँ , पचरौता नगरपालिकालाई १ करोड ८ लाख ९५ हजार ९ सय ८५ रुपैयाँ , सम्रौंनगढ नगरपालिकालाई ५८ लाख ८४ हजार २ सय २६ रुपैयाँ , सुवर्ण गाउँपालिकालाई ३३ लाख ८ हजार २ सय ८३ रुपैंया , फेटा गाउँपालिकालाई ३७ लाख ४२ हजार ३ सय ७१ रुपैयाँ , प्रसौनी गाउँपालिकालाई ५४ लाख ५६ हजार ९ सय ६० रुपैयाँ , आदर्श कोतवाल गाउँपालिकालाई ३७ लाख ९७ हजार ९ सय ७ रुपैयाँ , देवताल गाउँपालिका लाई २० लाख ४८ हजार ९ सय ५६ हजार , परवानिपुर गाउँपालिकालाई २२ लाख २ हजार ६ सय ३० रुपैयाँ , बिश्रामपुर गाउँपालिकालाई ६१ लाख ८६ हजार १ सय ९० सय , करैयामाई गाउँपालिकालाई ७८ लाख ७५ हजार ९ सय ४३ हजार र बारागढि गाउँपालिकालाई ३२ लाख ८६ हजार ७ सय ९५ रुपैयाँ रकम बाँडफाँड गरि स्थानीयतहहरुमा पठाइएको छ ।

साथै बाँकि २०७९ असार १ गते देखि असार ३२ गते सम्मको स्थानीय तहको रकम बाँडफाँड गर्न बाँकि रहेको भुमि सुधार तथा मालपोत कार्यालय बारा कलैयाको सूचना अधिकारी साहले जानकारी गराए  ।

कलैया मालपोत कार्यालय अन्तर्गत बाराको १४ वटा स्थानीय तहहरु रहेको छ । राजस्व बाँडफाँड गर्दा सम्पुर्ण रकम स्थानीय तहलाई उपलब्ध गराईएतापनि सेवाग्राहीलाई मालपोत कार्यालय भित्र खानेपानी , बस्नलाई प्रतीक्षालय, चौतारा वा पार्किङको व्यवस्थापनमा कुनै पनि स्थानिय तहको ध्यानाकर्षण हुन सकेको छैन।

मालपोत कार्यालयबाट राजश्व बाँडफाँड गरीएको रकम सम्बन्धित स्थानिय तहका सेवाग्राहीबाट सँकलन गरीएको छ। तर हालसम्म सेवाग्राहीहरुको लागि कुनै किसिमको व्यवस्थापन नगरीएकोले सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले