आफ्नी बहिनीसँग प्रेम गरेको शङ्कामा २ जनाले गरे युवकको हत्या
श्रावण २९
बाराको विश्रामपुरका राजकुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ठाकुरको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका नगवामा टेलर सञ्चालन गर्दै आएका बाराको विश्रामपुरका उत्तम पटेल र उनका दाइ प्रितम पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले राजकुमारले आफ्नी बहिनीसँग प्रेम गरेको शङ्काका आधारमा हत्या गरेको बयान दिएका पर्सा प्रहरीले जनाएको छ ।
गएको मङ्गलवार २३ वर्षका राजकुमार ठाकुर ट्युसन पढ्न साइकल चढेर वीरगञ्ज गएकोमा नफर्किएपछि उहाँका बुबाले प्रहरीलाई खबर गर्नुभएको थियो । अनुसन्धानका क्रममा वीरगञ्जमा टेलर सञ्चालन गरी बस्दै आएका बाराको विश्रामपुरका दाजुभाई उत्तम र प्रितमलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनीहरूले राजकुमार ठाकुर र आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा ठाकुरलाई आफ्नै टेलरमा लगी हत्या गरेर उनको शव बोरामा राखी भारतको रक्सौल रेल स्टेशन छेउमा फालेर आएको बयान दिएका प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीको सहायतामा प्रहरीले मृतक राजकुमारको शव नेपाल ल्याएको छ । पक्राउ परेका दुई जनालाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments