मुख्यमन्त्री राउतलाई इन्जिनियर्स एसोसिएसनको १० बुँदे ज्ञापनपत्र
श्रावण २९
नेपाल इन्जिनियर्स एसोसिएशन मधेस प्रदेशलगायत विभिन्न इन्जिनियर संगठनले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार बिहान विभिन्न १० बुँदे मागसहित एसोसिएसनका प्रदेश सभापति ई.गौरी पण्डितको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेको टोलीले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमार्फत संघीय लोक सेवा आयोगबाट स्थानीय तहमा नियुक्त छैटौं तहका इन्जिनियरहरूलाई सातौं तह कायम गर्नुपर्ने, स्थानिय तहमा समायोजन तथा नियुक्त भई कार्यरत इन्जिनियर कर्मचारीको वृत्ति–विकासका लागि आवश्यक कानुनी व्यवस्था गरी वृत्तिविकासको सुनिश्चितता गर्नुपर्ने, प्रदेश निजामति सेवा तथा स्थानिय सेवामा समायोजन तथा नियुक्त भई कार्यरत इन्जिनियरहरूले तोकिएको सेवा अवधि पुरा गरे पश्चात अनिवार्य रूपले सेवाकालीन तालिम प्रदान गर्नुपर्ने, मधेस प्रदेश अन्तर्गतका स्थानिय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत ज्येष्ठताका आधारमा स्थानिय सेवाका इन्जिनियर समेत हुन पाउने व्यवस्था गर्नुपर्ने, प्रदेश सरकार अन्तर्गतका कार्यालय तथा स्थानिय तहका कार्यालयहरूमा रिक्त रहेको इन्जिनियरिङ सेवा तर्फको पदहरूमा अविलम्ब विज्ञापन प्रकाशन गरी स्थायी पदपूर्ति गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, प्रदेश लोकसेवा आयोगद्वारा प्रकाशित इन्जिनियरिङ सेवाका विज्ञापनहरूको परिक्षा यथाशिघ्र संचालन गर्नुपर्ने, प्रदेश सरकार अन्तर्गतका कार्यालय तथा स्थानिय तहका कार्यालयहरूमा नयाँ प्रेसर इन्जिनियरहरूलाई ईन्टर्नशीपको व्यवस्था गर्नुपर्ने, प्रदेश सरकार अन्तर्गतका कार्यालय तथा स्थानिय तहका कार्यालयहरूमा आवश्यकता अनुसार करार सेवामा इन्जिनियरहरूको पदपूर्ति गरिँदा प्रदेश लोक सेवा आयोग समेतलाई संलग्न गराई निष्पक्ष प्रतिस्पर्धाको सुनिश्चितता गर्नुपर्ने, प्रदेशमा विभिन्न कार्यालय वा निजी तथा गैरसरकारी संघसंस्थाहरूमा कार्यरत इन्जिनियरहरू न्यूनतम पारिश्रमिक तोकि कडाइका साथ लागु गरि नियमन गर्नुपर्ने र प्रदेश अन्तर्गत प्रदेश स्तरमा इन्जिनियरहरूको सिप तथा दक्षता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्नुपर्नेलगायतका विषयहरू ज्ञापनपत्रमा समावेश गरिएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले एशोसिएशनको मागप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
3 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
8 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
11 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
11 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
11 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
11 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
12 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
21 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments