महोत्तरीमा आर्केष्ट्रा निषेध
निरन्जन कुमार साह
गौशाला ,भदौ २
महोत्तरी जिल्लामा आर्केष्ट्रा निषेध गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा जारि गरिएको सूचनामा जिल्लाभर आर्केष्ट्रा निषेध गरिने भनिएको छ ।
नेपालीहरुको महान् चाड कृष्णाष्टमी ,तिज ,वडा दशैँ ,दिपावली ,छठ पर्व नजिक आइसकेको हुनाले त्यस सन्दर्भमा दुर्गा पुजा तथा विभिन्न चाडपर्वको नाममा भिडभाड हुने गरि स्टलहरु बनाउने ,सामाजिक वातावरण धुमिल हुने गरि उच्च आवाजमा डिजे ,बाजा बजाउने , आर्केष्ट्रा प्रदर्शन गर्ने जस्ता गतिविधी प्रति गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारि गरिएको सूचनामा उल्लेख गरिएको छ ।
यस प्रकारका क्रियाकलापले समाजमा विकृति ,दुर्घटना ,चोरी चपाटी बढेको छ ,सूचनामा भनिएको छ ,"चाडपर्वको समयमा मेला महोत्सवको नाममा हुने अश्लिल नृत्य (आर्केष्ट्रा) कार्यक्रमहरुको आयोजनाबाट समाजमा चोरी ,सवारी दुर्घटना ,कुटपिट ,मादक पदार्थ सेवन ,लागु औषधको सेवन तथा ओसारपोसार लगायतका अपराधिक गतिविधिमा वृद्धि भई सामाजिक विकृति फैलिने भएकोले यस्ता कार्य नगर्नु नगराउनु भनिएको छ।"
यदि कसैले सूचनाको बर्खिलाप गरि त्यस्ता गतिविधिहरु गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
साथै आज भोलि दैनिकजसो कोभिड -१९ को संक्रमण डर पनि बढ्दै गएको हुनाले चाडपर्व मनाउदा आफ्ना परिवारका सदस्यहरु मात्र जम्मा भई स्वास्थ्य सुरक्षामा मापदण्ड पूर्ण रुपमा पालना गर्दै भौतिक दुरी गरि कोरोनाको जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले अनुरोध गरेको छ ।
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
3 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
8 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
11 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
11 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
11 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
11 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
12 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
21 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments