गौशालाको एक सहकारी संस्थामा कार्यरत एक युवतिमाथि जबर्जस्तिकरणी गर्ने प्रयास, आरोपी पक्राउ

4 वर्ष पहिले प्रकाशित

(2079-05-02 B.S.)

20037 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला , भदौ २ गते

महोत्तरीको गौशालामा एक युवतिमाथि  जबर्जस्तिकरणी गर्न प्रयास गर्ने एकजना पक्राउ परेका छन्  । पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा न.५  स्थित रहेको प्रभु बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर शत्रोधन यादव रहेका छन्  ।

उनलाई बिहिबार इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको छ  ।

मंगलबार यादवले संस्थामा कार्यरत आफ्नै कर्मचारी माथि जबर्जस्तिकरणीको प्रयास गरेका हुन्   । 

सहकारीमा ड्युटीको समयमा करिब १८-१९ वर्षीय ति युवतिलाई खाता खोल्नुपर्ने कार्य छ भनि आफ्नो घरमा यादवले बोलाएका थिए  । त्यस क्रममा यादवले ति युवतिमाथि जबर्जस्तिकरणी गर्ने  प्रयास गरे तर युवतिले नमानेपछी  उनिमाथि रहेको पेश्की बापतको १३ हजार ५ सय रकम मिनाहा गरिर्दिन्छु भन्दै लोभ प्रलोभन दिएपनि युवतिले मानेकी थिइनन्  । युवतिले नमानेपछी यादवले हदै सम्मको जबर्जस्तिकरणी गर्ने प्रयास गरेको पिडितले बताइन  ।   

युवतीले आफु त्यहाँ बाट भागेर गौशाला इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्  । घटना लगतै आरोपी यादव फरार भएका थिए   ।

पिडितले  आफु माथि जबर्जस्ति करणीको प्रयास गर्ने यादवलाई हदै सम्मको कारवाही हुनुपर्ने माग गरेकी छिन  ।

प्रभु बचत तथा ऋण सहकारी संस्थाको यो घटना पहिलो घटना होइन ,नाम नभन्ने सर्तमा सहकारीका एक कर्मचरीले भने , "करिब १ वर्ष भित्रमा यस संस्थामा यादवले नै जबर्जस्तिकरणीको प्रयास गरेका ३ ओटा घटना घटिसकेको छ  । हामी सम्पूर्ण कर्मचारी सहकारी बोर्डका सदस्यहरुलाई पटक पटक यादवको व्यवहारको बारेमा जानकारी गराउदै आएपनि कुनै सुनुवाई भएन  ।"

बोर्डका अध्यक्ष सुनिता चौधरीले करिब १ वर्षभित्रमा यस्तो  घटना ३ पटक यादवद्वारा घटेता पनि यादवलाई कारवाही गर्न असमर्थ रहेको बताइन  । घटना घटे पश्चात पनि पिडित कर्मचारीहरु हालसम्म पनि काम गरिरहेकोले यादवमाथि कारवाही गर्न नसकिएको उनले प्रतिक्रिया दिइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले