राजर्षि जनक विश्वविद्यालयमा शिक्षकहरूले गरे तालाबन्दी ,सार्वजनिक गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै आगजनी
जनकपुर ,भदौ १२ गते
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको राजर्षि जनक विश्वविद्यालय 'पेपर कोर्स कन्ट्रयाक्ट' शिक्षकहरूले तालाबन्दी गरेका छन् ।
आइतबार शिक्षकहरुले विद्यालयको केन्द्रीय कार्यालयको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालयका कार्यवाहक भिसी डा. शैलेन्द्र नारायण मल्लिक, कार्यवाहक रजिष्ट्रार जुगेश्वर साह र विज्ञ डा. देवराज अधिकारीको तस्वीरमा आगजनी गर्नुका साथै शिक्षकहरूले विज्ञले सार्वजनिक गरेको रिपोर्टसमेत जलाएका हुन् । पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरूले विज्ञ डा. देवराज अधिकारीले सार्वजनिक गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै आगजनी गरेका हुन् ।
पूर्णकालीन शिक्षक व्यवस्थापन प्रयोजनका लागि नियमावलीमा भएको व्यवस्थाअनुसार स्थायी, अस्थायी वा करारको प्रक्रियाद्वारा शिक्षक पदपूर्तिलाई प्राथमिकतामा राखी यथाशीघ्र उपयुक्त र आवश्यक कार्य गर्नुपर्ने, छोटो अवधिको शिक्षक व्यवस्थापन प्रयोजनका लागि नियमावलीको व्यवस्थाअनुरूप करार प्रक्रियाद्वारा व्यवस्थापन गर्न उपयुक्त र आवश्यक कार्य तीव्र पार्ने, वर्तमान पेपर कन्ट्रयाक्ट शिक्षकको व्यवस्थालाई नियमानुसार यथाशीघ्र पुनरावलोकन गरिने र विश्वविद्यालयका पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षकहरूलाई नियमानुसार सेवा प्रवेश गर्न एक पटकका लागि उमेरको हदबन्दी हटाउने व्यवस्था मिलाउने सहमति भए पनि कार्यान्वयन नगरिएको आन्दोलित शिक्षकहरूको आरोप छ ।
यसअघि १ भदौमा शिक्षकहरूले भिसी र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए । शिक्षकहरूको समस्या समाधान गर्न ६ वैशाखमा उनीहरूसँग वार्ता गरी ९ वैशाखमा डा. विद्यासागर बर्मा, डा. बलराम झा र अनिल साहसहित ३ सदस्यीय समिति गठन गरिएको थियो ।
शिक्षकहरूको तर्फबाट पनि समितिमा पेपर कोर्स कन्ट्रयाक्ट संघका सभापति दिलीपकुमार यादव, सचिव रविकुमार राज र शम्भु पोखरेल सामेल भई वार्ता गरेका थिए ।
वार्ताबाट समस्या समाधान गर्ने निष्कर्ष पनि भयो, तर भिसी र रजिस्ट्रारले काठमाडौंका डा. देवराज अधिकारीलाई विज्ञ नियुक्त गरेपछि पुनः त्यसमा बखेडा सुरु हो । विज्ञले विश्वविद्यालयबाट ४ लाख रुपैयाँ शुल्क लिई दिएको रिपोर्ट सार्वजनिक नै नगरी शिक्षकहरूको समस्या समाधान गर्न कुनै चासो नदेखाउँदा आफूहरू आन्दोलित भएको पेपर कोर्स कन्ट्रयाक्ट संघका सचिव रविकुमार राजले बताए ।
शिक्षकहरू विगतमा पनि सेवा आयोगद्वारा अपारदर्शी तरिकाबाट २६ जना दरबन्दी रहेकोमा २१ वटा सिटमा मात्र विज्ञापन खुलाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलित भएका थिए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments