राजर्षि जनक विश्वविद्यालयमा शिक्षकहरूले गरे तालाबन्दी ,सार्वजनिक गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै आगजनी
जनकपुर ,भदौ १२ गते
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको राजर्षि जनक विश्वविद्यालय 'पेपर कोर्स कन्ट्रयाक्ट' शिक्षकहरूले तालाबन्दी गरेका छन् ।
आइतबार शिक्षकहरुले विद्यालयको केन्द्रीय कार्यालयको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालयका कार्यवाहक भिसी डा. शैलेन्द्र नारायण मल्लिक, कार्यवाहक रजिष्ट्रार जुगेश्वर साह र विज्ञ डा. देवराज अधिकारीको तस्वीरमा आगजनी गर्नुका साथै शिक्षकहरूले विज्ञले सार्वजनिक गरेको रिपोर्टसमेत जलाएका हुन् । पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरूले विज्ञ डा. देवराज अधिकारीले सार्वजनिक गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै आगजनी गरेका हुन् ।
पूर्णकालीन शिक्षक व्यवस्थापन प्रयोजनका लागि नियमावलीमा भएको व्यवस्थाअनुसार स्थायी, अस्थायी वा करारको प्रक्रियाद्वारा शिक्षक पदपूर्तिलाई प्राथमिकतामा राखी यथाशीघ्र उपयुक्त र आवश्यक कार्य गर्नुपर्ने, छोटो अवधिको शिक्षक व्यवस्थापन प्रयोजनका लागि नियमावलीको व्यवस्थाअनुरूप करार प्रक्रियाद्वारा व्यवस्थापन गर्न उपयुक्त र आवश्यक कार्य तीव्र पार्ने, वर्तमान पेपर कन्ट्रयाक्ट शिक्षकको व्यवस्थालाई नियमानुसार यथाशीघ्र पुनरावलोकन गरिने र विश्वविद्यालयका पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षकहरूलाई नियमानुसार सेवा प्रवेश गर्न एक पटकका लागि उमेरको हदबन्दी हटाउने व्यवस्था मिलाउने सहमति भए पनि कार्यान्वयन नगरिएको आन्दोलित शिक्षकहरूको आरोप छ ।
यसअघि १ भदौमा शिक्षकहरूले भिसी र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए । शिक्षकहरूको समस्या समाधान गर्न ६ वैशाखमा उनीहरूसँग वार्ता गरी ९ वैशाखमा डा. विद्यासागर बर्मा, डा. बलराम झा र अनिल साहसहित ३ सदस्यीय समिति गठन गरिएको थियो ।
शिक्षकहरूको तर्फबाट पनि समितिमा पेपर कोर्स कन्ट्रयाक्ट संघका सभापति दिलीपकुमार यादव, सचिव रविकुमार राज र शम्भु पोखरेल सामेल भई वार्ता गरेका थिए ।
वार्ताबाट समस्या समाधान गर्ने निष्कर्ष पनि भयो, तर भिसी र रजिस्ट्रारले काठमाडौंका डा. देवराज अधिकारीलाई विज्ञ नियुक्त गरेपछि पुनः त्यसमा बखेडा सुरु हो । विज्ञले विश्वविद्यालयबाट ४ लाख रुपैयाँ शुल्क लिई दिएको रिपोर्ट सार्वजनिक नै नगरी शिक्षकहरूको समस्या समाधान गर्न कुनै चासो नदेखाउँदा आफूहरू आन्दोलित भएको पेपर कोर्स कन्ट्रयाक्ट संघका सचिव रविकुमार राजले बताए ।
शिक्षकहरू विगतमा पनि सेवा आयोगद्वारा अपारदर्शी तरिकाबाट २६ जना दरबन्दी रहेकोमा २१ वटा सिटमा मात्र विज्ञापन खुलाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलित भएका थिए ।
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
3 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
8 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
11 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
11 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
11 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
11 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
12 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
21 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments