दाजु-भाइले दिदी-बहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर बस्ने व्रत पर्व अटवारिको रौनक थारु समुदायमा

4 वर्ष पहिले प्रकाशित

(2079-05-12 B.S.)

2834 पटक देखिएको

कैलाली ,भदौ १२ गते  

थारू समुदायमा अटवारी पर्वको रौनक छाएको छ । थारू समुदायले दिदी-बहिनीको अटल सौभाग्यको कामना गर्दै धार्मिक एवं साँस्कृतिक महत्त्वको अटवारी पर्व मनाउने गर्दछन् । भदौ कृष्णाष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइन्छ ।

दाजु-भाइले दिदी-बहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर यो पर्वमा व्रत बस्छन् । साँझ दाजु-भाइले नै गुइँठाको आगोमा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन छ ।

कैलालीको कैलारी गाउँपालिका सागर चौधरीका अनुसार  व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान बनाइन्छ । पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदी-बहिनीलाई केही भाग छुट्याएर बाँकी भाग व्रतालुले खाने चलन छ । 

अग्रासन (विवाहित चेलीबेटीहरूलाई दिइने कोसेली) दिएर फर्कने क्रममा दिदी-बहिनीले दाजु-भाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्छन् । 

यो पर्वलाई थारू समुदायको दसैँपछिको ठूलो पर्वका रूपमा मनाइन्छ । थारू समुदायका व्यक्तिले सबै काम छाडेर तीन दिनसम्म भव्यताका साथ अटवारी पर्व मनाउने गरेको धनगढीका पत्रकार प्रेम चाैधरीले बताए । 

थारू समुदायको बसोबास रहेका कैलालीसहित कञ्चनपुर, बाँके, बर्दिया, दाङलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्त्वका साथ मनाइन्छ । 

यस पर्वका दिन आइतबार दिनभर गाउँ–गाउँमा नाचगान भइरहेको थियो । अटवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले तराईका जिल्ला कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदासमेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले