सञ्चारसम्बन्धी कानुन बनाउन नहुँदा पत्रकारहरूलाई दु:ख दिने घटना बढेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

3 वर्ष पहिले प्रकाशित

(2079-05-14 B.S.)

2390 पटक देखिएको

भदौ १४ 

नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विधेयक टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेल सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी चालु अधिवेशनमै विधेयक पास गर्न ध्यानाकर्षण गराएको हो ।

सञ्चारसम्बन्धी कानुन बनाउन नहुँदा पत्रकारहरूलाई दु:ख दिने घटना बढेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको महासंघका सचिव रोशन पुरीले जानकारी दिए । अब बन्ने कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघका प्रतिनिधिले जोड दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले महासंघले उठाएका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई फोन गरेर यो विषय टुङ्गो लगाउन निर्देशनसमेत दिइसकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महासंघका अध्यक्ष पोख्रेल सहित वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए । महासंघको टोलीले सभामुख अग्निप्रसाद सापकोटाको पनि ध्यानाकर्षण गराउने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

2 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

4 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

6 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

11 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

14 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

4 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

14 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

14 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

15 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

24 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले