सञ्चारसम्बन्धी कानुन बनाउन नहुँदा पत्रकारहरूलाई दु:ख दिने घटना बढेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

4 वर्ष पहिले प्रकाशित

(2079-05-14 B.S.)

2461 पटक देखिएको

भदौ १४ 

नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विधेयक टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेल सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी चालु अधिवेशनमै विधेयक पास गर्न ध्यानाकर्षण गराएको हो ।

सञ्चारसम्बन्धी कानुन बनाउन नहुँदा पत्रकारहरूलाई दु:ख दिने घटना बढेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको महासंघका सचिव रोशन पुरीले जानकारी दिए । अब बन्ने कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघका प्रतिनिधिले जोड दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले महासंघले उठाएका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई फोन गरेर यो विषय टुङ्गो लगाउन निर्देशनसमेत दिइसकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महासंघका अध्यक्ष पोख्रेल सहित वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए । महासंघको टोलीले सभामुख अग्निप्रसाद सापकोटाको पनि ध्यानाकर्षण गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले