पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकद्वारा नापनक्सा कार्यको शुभारम्भ

4 वर्ष पहिले प्रकाशित

(2079-05-16 B.S.)

2241 पटक देखिएको

वीरगन्ज। भदौ, १६

पर्साका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने उद्देश्यले बुधबारदेखि नापनक्साको काम सुरु गरिएको हो। 
पर्साको पर्सागढी नगरपालिका-२ को कटानीमा बुधबार डिजिटल प्रविधिबाट मेसिनको स्विच थिचेर राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले नापनक्सा कार्यको शुभारम्भ गरेका हुन्। 
जिल्लाका १४ वटै पालिकामा लगत संकलनको काम जारी रहेको बताउँदै भूमि आयोग पर्साका अध्यक्ष अहमदले त्यही अनुसार बुधबार कटानीबाट यसको सुभारम्भ गरेको जानकारी दिए।
भूमि आयोग पर्साका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले पर्साका सबै पालिकामा रहेका भूमिहीन सुकुम्बासीका लागि नापी कार्यालयले भूमि आयोगसँगको सहकार्यमा नापनक्साको कार्य अगाडि बढाएको र चाँडै भूमि सम्बन्धी समस्यामा परेका सबै नागरिकको जग्गाधनी पुर्जाको लागि प्रकृया सुरु हुने जानकारी दिए।

श्रेष्ठका अनुसार सहरी क्षेत्रमा करिव ७ धुर घडेरी, ग्रामीण भेगमा करिव एक कठ्ठा घडेरी र कृषि प्रयोगका लागि करिव एक कठ्ठा १८ धुर खेत जनही उपलब्ध गराइनेछ। 
कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले पर्सागढी नगरपालिकामा रहेका भूमिहीन, भूमिहीन सुकुम्बासी लगायत भूमि सम्बन्धी समस्यामा रहेका हरेक जनताका लागि भूमि आयोगसँगको सहकार्यमा कार्य अगाडि बढाइएको र यसका लागि कर्मचारी नियुक्ति गर्नेदेखि गाउँमा आफू खटिएर भए पनि समयमै कार्य सम्पन्न गर्ने बताउँदै आवश्यक सहयोग समन्वय तथा सहकार्यका लागि आग्रह गरे। 
कटानीका स्थानीय बालकृष्ण श्रेष्ठले करिब ४३ वर्षदेखि भूमिहीन अव्यवस्थित भूमिमा बाउबाजेको पालादेखि बस्न बाध्यलाई भूमि आयोगले थालेको यो कार्यले राहत मिल्ने भन्दै खुशी व्यक्त गरे। यस्तै स्थानी सुस्मा श्रेष्ठले वर्षौंदेखि बस्दै आएको जग्गाजमिनको लालपुर्जा नहुँदा सुकुम्बासी जीवन बिताउनुपरेको गुनासो गरिन्।

हालसम्म आश्वासनबाहेक केही पनि प्राप्त नभएको अवस्थामा बारम्बार यसरी लगत संकलन गरेर लैजाने गरिए पनि काम भने कसैले नगरेको गुनासो गर्दै उनले तर अहिले भूमी आयोगको सक्रियता र कामले जग्गाको लापूर्जा पाउने आशा पलाएको बताइन्।
अध्यक्ष अहमदका अनुसार यसपटक करिव १५ हजार घरपरिवारको हाराहारीमा जिल्लामा जग्गा प्राप्तिका लागि लगत संकलन हुने प्रारम्भिक अनुमान छ। भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको नापनक्सा उद्घाटन कार्यक्रममा पर्सागढी नगरपालिकाकी उपमेयर  पूजा चौधरी, भूमि आयोगका कर्मचारी, स्थानीयवासी लगायत संचारकर्मीको उपस्थिति रहेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले