शिक्षामन्त्रीले त्रिविको समस्या समाधान गरेनन् : पदम गिरि
भदौ १७
नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विश्वविद्यालयको समस्या समाधान गर्न नलागेको बताएका छन्।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गिरीले त्रिभूवन विश्वविद्यालय अझै पनि बन्द अवस्थामा रहेको बताएका हुन्।
नेपाल विद्यार्थी संघले भिसीको कार्यालयमा गएर तोड्फोड गर्ने तथा त्रिवि कार्यकारी समिति बैठकको कागजात खोस्ने लगायतका कामहरु गरिरहेको भन्दै उनले दोषी उपर मुद्दा दर्ता समेत हुन नसकेको बताए।
उनले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले गरेको रुलिङ अनुसार काम नभएको भन्दै आपत्ति जनाए। सांसद गिरीले प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको आरोप लगाए।
उनले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालय बन्द गराएर देशलाई कहाँ पुर्याउन खोजिएको हो भन्दै प्रश्न समेत गरे। उनले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखलाई पुनः रुलिङ गर्न अनुरोध पनि गरे।
उनले भने, ‘आज सम्पूर्ण त्रिभूवन विश्वविद्यालयका पदाधिकारी असुरक्षित भएका छन्। फोन अफ गरेका छन्। घरमा सुत्न नसक्ने अवस्था भयो डरले। छिमेकीकोमा गएर सुत्नुपर्ने अवस्था आएको छ। यस्तो दुरावस्था विश्वविद्यालयभित्र छ। सभामुखलाई पुनः ध्यानाकर्षण गराउन चाहन्छु, सभामुखले १३ गते सरकारको नाममा रुलिङ गर्नुभयो तुरुन्त विश्वविद्यालय खोल्न आवश्यक व्यवस्था मिलाउनु भनेर रुलिङ गर्नुभयो। तर सरकारका प्रमुख प्रधानमन्त्री त्रिभूवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यू, सहकुलपति शिक्षामन्त्रीज्यू उहाँहरु आज विश्वविद्यालय खुलाउनतर्फ लाग्नुभएको छैन। बरु स्वयम सुरक्षा दिनुपर्ने निकायका गृहमन्त्रीज्यू आज त्यही प्रहरी प्रशासन नेविसंघले लगाएको ताला हेरेर बसिरहेको छ। त्यसको सुरक्षा गरिरहेको छ।’
उनले थपे,‘तर विश्वविद्यालयका पदाधिकारीहरु विश्वविद्यालय आउनसक्ने अवस्था छैन। यसतर्फ फेरि म ध्यानाकर्षण गराउन चाहन्छु। प्रधानमन्त्री, शिक्षामन्त्रीनै स्वयम विश्वविद्यालयलाई बन्द बनाएर यो मुलुक कसरी सञ्चालन गर्न खोज्नुभएको हो? विश्वविद्यालयलाई बन्द बनाएर यो देशलाई कहाँ पु¥याउन खोज्नुभएको हो ? यो धेरै गम्भिर विषय छ । यसतर्फ पुनः रुलिङ होस्।’
त्यस्तै समय माग गरी बोल्दै नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान र श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताए।
उनले श्रीमान र श्रीमती दुवैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गरे। त्यस्तै उनले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ ? भनि सरकारलाई प्रश्न गरे।
उनले भने, ‘दोलखा गौरीशंकर गाउँपालिका वडा नं. ९ मा बाढी पहिरोले क्षति पुर्याएको छ। बाढीपहिरो पीडितलाई सहयोग उपलब्ध गराइयोस्। जोखिमका परिवारलाई अन्त सारेर सुरक्षित ठाउँमा सार्न म माग गर्दछु। म अहिलेको सरकारलाई पनि सोध्न चाहान्छु, लिपुलेक हाम्रो जमिन हो। त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ? म सोध्न चाहन्छु।
उनले थपे, ‘श्रीमान प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । किनभने श्रीमान, श्रीमती दुवै सांसद हुँदा अरु हरेक पार्टीका कार्यकताहरुले टिकट नपाउने र त्याग तपस्यालाई सधै समस्या परिरहने। निर्वाचन आयोगले नियमावली संशोधन गरेर अब श्रीमान र श्रीमती दुईटै उम्मेदवार भए खारेज गर्ने नियम बनाउनुपर्छ।’
समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीहरु धमाधम पक्राउ परिरहेको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरे।उनले मिटरब्याजीहरुको मुद्दालाई कमजोर नबनाउन सरकारसँग आग्रह गरे।
उनले मिटरब्याजीहरुलाई कारबाही गर्ने सम्बन्धमा केही कानूनी अड्चन पनि देखिएको भन्दै सो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
14 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
18 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
21 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
24 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
27 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
14 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
24 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
27 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
28 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
1 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments