गौशालामा सेवा समाजिक उद्यमी महिला सहकारी को १२ औ साधारण सभा सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2079-05-24 B.S.)

3632 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला , भदौ २४ गते 

महोत्तरीको गौशाला सेवा समाजिक  उद्यमी  महिला सहकारी को १२ औ साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार गौशाला नगरपालिका वडा न.४ स्थित रहेको कबर्ड हलमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा तथा विज्ञान प्रबिधि मन्त्री गिरिराज मणि पोखरेल, गौशाला नगरपालिकाको नगर प्रमुख डा. दिपेन्द्र महतो पुर्व नगरप्रमुख शिवनाथ महतो, वडा न. ५ का वडा अध्यक्ष ओमप्रकास गुप्ता, वडा न . ४ को वडा अध्यक्ष रामु माहासेठ लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै पुर्व मेयर शिवनाथ महतोले यो संस्थालाई मधेश प्रदेशको नमुना संस्था बनाउन सक्दो पहल गर्ने बताए । साथै उनले महिलाको विकासको लागि उनीहरुमा सिप र शिक्षाको विकास हुनु जरुरि रहेको बताए ।

त्यस्तै गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले यस संस्थालाई आवश्यक परेको खण्डमा हदै सम्मको सहयोग गर्ने बताए । उनले भने , ‘महिलाहरु  उद्यमी हुनु राम्रो कुरा हो नगरभरिका महिलाहरुलाई यसका निम्ति अनेकौ तालिम संचालन गर्नुपर्छ यी कामहरुको म छिटै थालनी गर्ने छु ।‘

प्रमुख अतिथि पुर्व मन्त्रि पोखरेलले दिदीबहिनीहरुद्वारा संचालित यो संस्थामा ५७० सेयर र २ करोड पुजीको लगानी भएकोले उनीहरुको सर्वश्रेष्ठ कार्य रहेको जिकिर गरे ।साथै उनले महिलाहरुले कृषि पेशालाई पनि प्राथमिकताका साथ लिएर अगाडी बढ्नुपर्ने बताए ।

‘उद्यम गरौ उद्यमी बनौ’ नाराको साथ २०६८ सालमा गौशाला वडा न. ४ मा स्थापना भएको थियो । यो संस्थाले बेरोजगार महिलाहरुलाई रोजगारको अवसर प्रदान गरेको संस्था अध्यक्षले बताइन । पछाडी परेको महिलाहरुलाइ आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गर्नु यस संस्थाको मुल उदेश्य रहेको उनले जानकारी दिईन् । संस्थाको स्थापना भएको आज १२ बर्ष पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

1 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

3 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

12 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

12 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

1 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

12 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

12 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

12 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

21 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..