रेडियो जुनतारा तेश्रो वर्ष पार गरि चौथो वर्षमा सफलतापुर्वक प्रवेश

4 वर्ष पहिले प्रकाशित

(2079-06-01 B.S.)

4752 पटक देखिएको

ममता शर्मा

गौशाला , असोज १ 

महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ बजार स्थित रहेको रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज तेश्री वर्ष पार गरि चौथो वर्षमा सफलतापुर्वक प्रवेश गरेको छ । आज विश्वकर्मा भगवानको पुजा आराधना संगसंगै रेडियो जुनतारा १०३.४ मेगाहर्जले आफ्नो वार्षिकोत्सव पनि मनाएको छ ।

उज्यालो नेपाल द्वारा संचालित रेडियो जुनतारा एउटा सामुदायिक रेडियो हो ।समाज र संचार क्षेत्रमा ख्याती कमाएको यस रेडियोले सदैब समाज र समुदायको लागि कार्य गर्दै आएको छ । जसले गर्दा आज यहाँ सम्म सफलतापुर्वक आउन सफल भएको रेडियोका संचालक गौशाला -४ रजखोर निवासी निरन्जन कुमार साहले बताएका छन् । उनले मिडिया क्षेत्रमा कार्य गर्न निकै मुस्किल भएपनि आफ्नो मेहनत र समाजप्रति उत्तरदायी हुने भावना बोकेर यहाँ सम्म सफलता हासिल गरेकोमा खुसि व्यक्त गरेका छन् ।

उनले भने," हाम्रो समाजमा सामुदायिक रेडियोको महत्व र आकर्षण विशेष छ । भौगोलिक कठिनाइका कारण पत्रपत्रिका पुग्न नसक्ने र पुगे पनि सहज उपभोग गर्न नसक्ने स्थानका लागि रेडियो निर्विकल्प नै छ । स्थानीय लवज र भाषामा सूचना, समाचार र कार्यक्रम प्रसारण गर्ने हुनाले रेडियोको मोह स्थानिय समुदायमा कायम छ । स्थानिय समुदायले आफ्ना रुचि र सरोकारका सवाल रेडियो मार्फत सार्वजनिक गर्न पाउने अवसरका कारण पनि रेडियो लोकप्रीय छ ।स्थानीय समुदायको कला र गला प्रस्तुत गर्ने थलो समेत सामुदायिक रेडियो बनेका छन् । समाजमा सुचना ,संदेश ,जनचेतना जस्ता लगायत गाउँघरमा विवाह, ब्रतबन्धको निम्तो देखि मृत्यु पश्चात मलामी जाने खबरसमेत रेडियोबाट पाउने चलन बसेको छ । यात्रा गर्दागर्दै, काम गर्दागर्दै पनि रेडियो सुन्न सकिने भएकाले यो विपन्न, जोखिमपूर्ण अवस्थामा रहेका समुदायको समेत सञ्चार साथी बनेको छ । विपद् एवं संकटको घडीमा अत्यावश्यक जानकारीदेखि राहत र उद्घारको जानकारीका लागि रेडियोमै निर्भर हुनुपर्ने अवस्था छ ।"

उनले मिडिया क्षेत्रमा काम गर्दा सदैब आफ्नो लोभ ,स्वार्थ ,एकरुपता ,त्यागेर समुदाय र समाजको कल्याण हुने ,निस्वार्थी र स्वतन्त्र रुपमा काम गर्नु पर्नेमा जोड दिएका छन् ।

उज्यालो नेपालले रेडियोको साथै  अघिल्लो वर्ष यहि समयमा प्रकाशन गर्न थालेको राष्ट्रिय दैनिक पत्रिका गौशाला खबर पनि पहिलो वर्ष पार गरि दोश्रो वर्षमा प्रवेश गरेको जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

13 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

17 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

20 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

24 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

26 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

13 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

24 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

26 दिन पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

28 दिन पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

1 महीना पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

1 महीना पहिले