जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

3 वर्ष पहिले प्रकाशित

(2079-06-13 B.S.)

7835 पटक देखिएको

ममता शर्मा

गौशाला ,असोज १३ गते

महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित पाउरोटी (ब्रेड ) उद्धयोगहरुले जनताको स्वास्थ्यसंग खेलवाड गरिरहेको पाइएको छ 

समुदायमा पाउरोटी नखाने व्यक्ति सायदै यहाँ होला तर हाल बजारमा उपलब्ध भईरहेको पाउरोटी जसमा बनेको मिति र  एक्सपाएर डेट नजनाएपछी यहाँका  स्थानीय म्याद सकिएको ,बिग्रिएको पाउरोटी उपभोग गरिरहेको पाइएको छ   बजारमा व्यापक मात्रामा विक्री हुने खानेकुरा पाउरोटीमा एक्सपाएर डेट ( म्याद समाप्त मिति ) नलेखीएको पाइएको छ । जसले गर्दा त्यो पाउरोटीको खाने म्याद कहिले समाप्त हुने भन्ने थाहा हुदैन । पाउरोटी उद्धयोगबाट किनेको पाउरोटी धेरै दिन वितिसकेपनि गौशालाका व्यापारीले बेच्ने गरेका छन् 

गौशाला बजारको गणेश मन्दिर भन्दा केहि आगाडी पाउरोटी बेच्नेहरुको लस्कर लागेको हुन्छ । पाउरोटी बनेको मिति नलेखिएको म्याद समाप्त मिति नलेखेको ,निर्माण गरिएको उद्धयोगको पनि नाम नलेखिएको ,उद्धयोगको नाम लेखिएपनि कुनैमा दर्ता नम्बर नभएको पाउरोटी गौशाला बजारमा विक्री भईरहेको पाइएको छ 

यस्तै उद्धयोग दर्ता नभएको र बनेको पाउरोटीमा म्याद समाप्त मिति नलेख्ने उद्धयोग हो श्याम पाउरोटी उद्धयोग । जसको संचालकलले बनेको पाउरोटीको म्याद नाम नलेखेकोमा आफ्नो कुनै गल्ति नभएको बताए  उनले भने , “ व्यापारीहरु किनेर लागेको पाउरोटीको म्याद सकिएपछी बेच्छ त म यसमा केहि गर्न सक्दिन । म्याद सकिएको पाउरोटी म फिर्ता पनि लिदीन ।  जनताले किनेर खान्छ भने यसमा जनता नै जिम्मेबार हुन्छ  हामी जिम्मा लिदैनौ 

आफुले दश वर्ष देखि सो उद्धयोग संचालन गर्दै आइरहेको र कुनै प्रशासनले केहि गर्न नसकेको भनेर उनले धाक  समेत देखाए  "यतिका दिन सम्म जनताले यो खाइरहेको छ कसैले केनै गरिहाल्छ र।"

आगामी समयमा पनि यो काम दोहोर्याउने र म्याद समाप्त मिति नलेख्ने उनले प्रतिक्रिया दिए 

यस सम्बन्धमा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताले त्यस्ता उद्धयोगहरुलाई कारवाही गर्नु पर्ने बताए । उनले भने , “ यो सम्बन्धि कार्य नगर उपप्रमुखको हो । त्यसैले म केहि गर्न सक्दिन तर जनताको स्वास्थ्य संग खेलवाड गर्ने यस्ता उद्धयोगहरुलाई तह लगाउन जरुरि छ । म सम्बन्धित निकायसमक्ष यो कुराको छानविनको प्रास्ताव राख्ने छु र कारवाहीको लागि पहल गर्ने छु।"

त्यस्तै महोत्तरीको सहायक जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले यसको अनुगमन तथा निरीक्षण इलाका प्राशासनको रहेको भनि आफ्नो कर्तव्यबाट पन्छिन खोजेका छन्  जसले गर्दा जिल्लाको आधिकारिक व्यक्तिलाई यसप्रति पटक्कै चासो नभएको पुष्टि भएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

20 घन्टा पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

2 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

11 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

11 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

20 घन्टा पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

11 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

11 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

12 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

21 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..