जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

4 वर्ष पहिले प्रकाशित

(2079-06-13 B.S.)

7913 पटक देखिएको

ममता शर्मा

गौशाला ,असोज १३ गते

महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित पाउरोटी (ब्रेड ) उद्धयोगहरुले जनताको स्वास्थ्यसंग खेलवाड गरिरहेको पाइएको छ 

समुदायमा पाउरोटी नखाने व्यक्ति सायदै यहाँ होला तर हाल बजारमा उपलब्ध भईरहेको पाउरोटी जसमा बनेको मिति र  एक्सपाएर डेट नजनाएपछी यहाँका  स्थानीय म्याद सकिएको ,बिग्रिएको पाउरोटी उपभोग गरिरहेको पाइएको छ   बजारमा व्यापक मात्रामा विक्री हुने खानेकुरा पाउरोटीमा एक्सपाएर डेट ( म्याद समाप्त मिति ) नलेखीएको पाइएको छ । जसले गर्दा त्यो पाउरोटीको खाने म्याद कहिले समाप्त हुने भन्ने थाहा हुदैन । पाउरोटी उद्धयोगबाट किनेको पाउरोटी धेरै दिन वितिसकेपनि गौशालाका व्यापारीले बेच्ने गरेका छन् 

गौशाला बजारको गणेश मन्दिर भन्दा केहि आगाडी पाउरोटी बेच्नेहरुको लस्कर लागेको हुन्छ । पाउरोटी बनेको मिति नलेखिएको म्याद समाप्त मिति नलेखेको ,निर्माण गरिएको उद्धयोगको पनि नाम नलेखिएको ,उद्धयोगको नाम लेखिएपनि कुनैमा दर्ता नम्बर नभएको पाउरोटी गौशाला बजारमा विक्री भईरहेको पाइएको छ 

यस्तै उद्धयोग दर्ता नभएको र बनेको पाउरोटीमा म्याद समाप्त मिति नलेख्ने उद्धयोग हो श्याम पाउरोटी उद्धयोग । जसको संचालकलले बनेको पाउरोटीको म्याद नाम नलेखेकोमा आफ्नो कुनै गल्ति नभएको बताए  उनले भने , “ व्यापारीहरु किनेर लागेको पाउरोटीको म्याद सकिएपछी बेच्छ त म यसमा केहि गर्न सक्दिन । म्याद सकिएको पाउरोटी म फिर्ता पनि लिदीन ।  जनताले किनेर खान्छ भने यसमा जनता नै जिम्मेबार हुन्छ  हामी जिम्मा लिदैनौ 

आफुले दश वर्ष देखि सो उद्धयोग संचालन गर्दै आइरहेको र कुनै प्रशासनले केहि गर्न नसकेको भनेर उनले धाक  समेत देखाए  "यतिका दिन सम्म जनताले यो खाइरहेको छ कसैले केनै गरिहाल्छ र।"

आगामी समयमा पनि यो काम दोहोर्याउने र म्याद समाप्त मिति नलेख्ने उनले प्रतिक्रिया दिए 

यस सम्बन्धमा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताले त्यस्ता उद्धयोगहरुलाई कारवाही गर्नु पर्ने बताए । उनले भने , “ यो सम्बन्धि कार्य नगर उपप्रमुखको हो । त्यसैले म केहि गर्न सक्दिन तर जनताको स्वास्थ्य संग खेलवाड गर्ने यस्ता उद्धयोगहरुलाई तह लगाउन जरुरि छ । म सम्बन्धित निकायसमक्ष यो कुराको छानविनको प्रास्ताव राख्ने छु र कारवाहीको लागि पहल गर्ने छु।"

त्यस्तै महोत्तरीको सहायक जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले यसको अनुगमन तथा निरीक्षण इलाका प्राशासनको रहेको भनि आफ्नो कर्तव्यबाट पन्छिन खोजेका छन्  जसले गर्दा जिल्लाको आधिकारिक व्यक्तिलाई यसप्रति पटक्कै चासो नभएको पुष्टि भएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले