अपरान्ह १२ बजे सम्म सवै पसल खुल्ने सहमती

6 वर्ष पहिले प्रकाशित

(2077-02-23 B.S.)

5762 पटक देखिएको

जनकपुरधाम, जेठ २३ :

 धनुषाको व्यापार जगत र प्रशासन बिच अपरान्ह १२ बजे सम्म व्यापारी प्रतिष्ठान खोल्ने सहमती भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानिय प्रशासन, जनकपुरधाम उद्योग बाणिज्य संघ र धनुषा चेम्वर अफ कर्मश बिच सहमती भएको हो ।

बैठकमा सहभागी संघका महासिचव जितेन्द्र महासेठका अनुसार विहान ५ बजे देखि अपरान्ह १२ बजे सम्म सम्पुर्ण पसलहरु खोल्ने सहमती भएको बताए । यद्यपि सैलुन, जिम सेन्टर, सिनेमा घर, होटल, रेष्टुरेन्ट सहितका भिडभाड हुने प्रतिष्ठानहरु भने यथावत बन्द नै रहेको उनले बताए ।

यस अघि व्यावसायीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघले कर बारे सरकारी निर्णय र बन्दका कारण व्यापारीहरुमा पर्न गएको असर र प्रभावलाई मध्यनजर गर्दै नियम सहित पसल खोल्ने वातावरण बनाउन स्थानिय प्रशासनलाई आग्रह गर्दै आएका थिए । विहिवार व्यापारी उपर प्रहरीद्वारा कुटपिट भएपछि स्थानिय प्रशासन माथी पुनः दबाब थपिएको थियो ।

कोरोना भाइरस कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारद्वारा जारी निरन्तर ७४ दिन सम्मो लकडाउनका कारण व्यापारीहरु सास्ती भोग्दै आएका थिए । यस सहमतीले केहि राहत भने हुने भएको छ । यद्यपि समाजिक दुरी, सुरक्षा समाग्री जस्तै गलभ्स, सेनिटाइजर, मास्क सहितका उपायहरु अपनाउनै पर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । जथाभावी पसल खोलेर भिडभाड नर्गन र नबुझेका कुरा संघ, कर्मश अथवा प्रशासनसंग बुझेर मात्र अगाडि बढन् समेत उनको आग्रह थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, संघका अध्यक्ष ललित कुमार साह, कर्मश धनुषाका अध्यक्ष विजय प्रसाद साह सहित दुबै संंस्थाका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले