तिहार र छठ पर्व नजिकिएसँगै गौशालामा माटोको भाडा किन्नेहरुको भिडभाड

3 वर्ष पहिले प्रकाशित

(2079-07-01 B.S.)

6230 पटक देखिएको

ममता शर्मा

गौशाला , कार्तिक १ गते 

तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरीको गौशाला बजारमा माटोको भाडाको विक्री बढेको छ । मिथिलाञ्चलमा हर्सोउल्लासकासाथ मनाईने दिपावली र छठ पर्व आउँन अब केहि दिन मात्र बाकी छ । गौशाला बजार स्थित घैला बजारमा अनेक प्रकारका माटोको भाडा , बासको छिट्टी लगायतका तिहार र छठ पर्वमा उपयोग गरिने महत्वपूर्ण सामग्रीहरुको विक्री वितरण बढेको हो ।

 महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजार लगायत मधेश प्रदेशको आठ ओटै जिल्लामा प्राय साप्ताहको दुइ दिन लाग्ने हाट बजारहरुमा अहिले माटोका भाडाहरुको बिक्रीमा  बृद्धि भएको हो ।

 हाट बजारहरुमा मात्र नभएर माटोको भाडाहरु गाउँ गाउँ टोल टोलमा कुम्हारहरुले बेच्ने गरेका छन् ।

तिहार र छठ पर्वमा बिशेष उपयोग हुने माटोको दियो ,ढाकी ,सुपा ,डलिया, मौनी ,हात्ती ,कोसिया ,कुरवार, सर्वा लगायतका माटाका भाडाको बजारमा माग बढेको गौशालाका विश्वजित पंडितले जानकारी दिए ।वर्षैपिच्छे मनाइने तिहार र वर्षमा दुइ चोटी मनाइने छठ पर्वमा उल्लेखित माटोको भाडाहरु अनिवार्य रुपमा प्रयोग गर्ने परम्परा रहेकोले  अहिले बजारहरुमा माटाका भाडाहरु खरिद तथा विक्री गर्न आउनेहरुको वृद्धि भएको उनले बताए ।

माटोको भाडो चोखो र पवित्र हुन्छ भनि मान्यता दिदै आइरहेको परम्परालाई अहिले पनि मान्दै आइरहेको गौशाला निवासी फुल कुमारी देवीले बताइन । उनले भनिन्, “छठमा तयार गरिएको विभिन्न पाकवानहरु सर्वा , ढकना, कुरवारमा राखी  छिटीमा हालेर छठ घाटमा लगिन्छ । सुपमा पकवानहरु राखी सुर्यलाई अर्घ दिईन्छ ।”

माटोका भाडामा विक्री वितरण बढोत्तरी  भएसंगै कुम्हारहरुलाई माटाका भाडाहरु बनाउन भ्याई नभ्याई छ । गौशाला बजारमा कोशौ टाढा छिमेकी जिल्लाहरुबाट पनि मानिसहरु माटाका भाडाहरु खरिद विक्री गर्न आउने गरेका छन्  । लक्ष्मी पूजाको दिन बालिने माटोको दियो तथा छठमा प्रयोग गरिने विभिन्न माटाको र वासको सामग्री बनाउन गौशालाका कुम्हारहरु अहिले व्यस्त छन् । अन्य समयमा त्यति विक्री नहुने तर तिहार र छठ पर्वमा माटाको भाडाको विक्री अत्यधिक हुने गर्दछ ।

बजारमै बासको सुपा बनाउदै बेचीरहेका गौशाला -७ का  प्रमोद मल्लिक भन्छन , “ सोमवार बजारको दिन भएकोले सुपा बनाउन भ्याई नभ्याई हुन्छ । हामी घरमा पनि बनाएर बजार बेच्न ल्याउछौ र बजारमा पनि बनाउदै बेच्ने गर्दछौ ।” यो पर्वमा सुपा , छिटी बेचेर ५० देखि ६० हजार आम्दानी हुने गरेको उनले बताए ।

त्यस्तै माटाको भाडा बेचिरहेका गौशाला-१ रामनगर निवासी रामश्रेष्ठ पण्डित भन्छन, “यी माटाका भाडाहरु बिशेष गरि यहि पर्वमा बढी विक्री हुन्छ । जसबाट हामीलाई करिब १ लाख सम्म आम्दनी हुने गरेको छ ।”  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

16 घन्टा पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

2 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

11 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

11 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

16 घन्टा पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

11 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

11 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

12 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

21 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..