तिहार र छठ पर्व नजिकिएसँगै गौशालामा माटोको भाडा किन्नेहरुको भिडभाड
ममता शर्मा
गौशाला , कार्तिक १ गते
तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरीको गौशाला बजारमा माटोको भाडाको विक्री बढेको छ । मिथिलाञ्चलमा हर्सोउल्लासकासाथ मनाईने दिपावली र छठ पर्व आउँन अब केहि दिन मात्र बाकी छ । गौशाला बजार स्थित घैला बजारमा अनेक प्रकारका माटोको भाडा , बासको छिट्टी लगायतका तिहार र छठ पर्वमा उपयोग गरिने महत्वपूर्ण सामग्रीहरुको विक्री वितरण बढेको हो ।
महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजार लगायत मधेश प्रदेशको आठ ओटै जिल्लामा प्राय साप्ताहको दुइ दिन लाग्ने हाट बजारहरुमा अहिले माटोका भाडाहरुको बिक्रीमा बृद्धि भएको हो ।
हाट बजारहरुमा मात्र नभएर माटोको भाडाहरु गाउँ गाउँ टोल टोलमा कुम्हारहरुले बेच्ने गरेका छन् ।
तिहार र छठ पर्वमा बिशेष उपयोग हुने माटोको दियो ,ढाकी ,सुपा ,डलिया, मौनी ,हात्ती ,कोसिया ,कुरवार, सर्वा लगायतका माटाका भाडाको बजारमा माग बढेको गौशालाका विश्वजित पंडितले जानकारी दिए ।वर्षैपिच्छे मनाइने तिहार र वर्षमा दुइ चोटी मनाइने छठ पर्वमा उल्लेखित माटोको भाडाहरु अनिवार्य रुपमा प्रयोग गर्ने परम्परा रहेकोले अहिले बजारहरुमा माटाका भाडाहरु खरिद तथा विक्री गर्न आउनेहरुको वृद्धि भएको उनले बताए ।
माटोको भाडो चोखो र पवित्र हुन्छ भनि मान्यता दिदै आइरहेको परम्परालाई अहिले पनि मान्दै आइरहेको गौशाला निवासी फुल कुमारी देवीले बताइन । उनले भनिन्, “छठमा तयार गरिएको विभिन्न पाकवानहरु सर्वा , ढकना, कुरवारमा राखी छिटीमा हालेर छठ घाटमा लगिन्छ । सुपमा पकवानहरु राखी सुर्यलाई अर्घ दिईन्छ ।”
माटोका भाडामा विक्री वितरण बढोत्तरी भएसंगै कुम्हारहरुलाई माटाका भाडाहरु बनाउन भ्याई नभ्याई छ । गौशाला बजारमा कोशौ टाढा छिमेकी जिल्लाहरुबाट पनि मानिसहरु माटाका भाडाहरु खरिद विक्री गर्न आउने गरेका छन् । लक्ष्मी पूजाको दिन बालिने माटोको दियो तथा छठमा प्रयोग गरिने विभिन्न माटाको र वासको सामग्री बनाउन गौशालाका कुम्हारहरु अहिले व्यस्त छन् । अन्य समयमा त्यति विक्री नहुने तर तिहार र छठ पर्वमा माटाको भाडाको विक्री अत्यधिक हुने गर्दछ ।

बजारमै बासको सुपा बनाउदै बेचीरहेका गौशाला -७ का प्रमोद मल्लिक भन्छन , “ सोमवार बजारको दिन भएकोले सुपा बनाउन भ्याई नभ्याई हुन्छ । हामी घरमा पनि बनाएर बजार बेच्न ल्याउछौ र बजारमा पनि बनाउदै बेच्ने गर्दछौ ।” यो पर्वमा सुपा , छिटी बेचेर ५० देखि ६० हजार आम्दानी हुने गरेको उनले बताए ।
त्यस्तै माटाको भाडा बेचिरहेका गौशाला-१ रामनगर निवासी रामश्रेष्ठ पण्डित भन्छन, “यी माटाका भाडाहरु बिशेष गरि यहि पर्वमा बढी विक्री हुन्छ । जसबाट हामीलाई करिब १ लाख सम्म आम्दनी हुने गरेको छ ।”

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments