गौशालामा चिठ्ठा नखोलेपछी सत्य लक्की ड्र माथि जनसमुदायद्वारा आक्रमण ,सामान लगे लुटेर

3 वर्ष पहिले प्रकाशित

(2079-07-06 B.S.)

8898 पटक देखिएको

ममता शर्मा 

गौशाला ,कार्तिक ६ गते

महोत्तरीको गौशालामा चिठ्ठा नखोलेपछी सत्य लक्की ड्र माथि जनसमुदाय आक्रोशित भई आक्रमण गरेका छन् । आइतबार गौशाला -४ स्थित कबर्ड हलमा राखिएको सत्य लक्की ड्रले चिठ्ठा अन्तर्गत पर्ने सामानहरु जनसमुदायले लुटपाट गरेर लगेका छन् ।

जो संग सत्य लक्की ड्र को टिकट छ, उनीहरु उपहार लिनबाट बन्चित भएपछि जनसमुदायले इलाका प्रहरी कार्यालय गौशाला घेराउ गरेका छन् ।

करिब १ महिना अगाडी देखि गौशाला नगरपालिका ४ मा संचालित सत्य लक्की ड्र ले दशैँ तिहार तथा छठ पर्वको अवसरमा बम्पर उपहार योजना ल्याएका थिए । जसमा प्रति व्यक्ति प्रति टिकट २ सय ५१ रुपैयाँ टिकट दस्तुर तोकिएको थियो । जुन व्यक्तिहरुले टिकट कटाए उनीहरुले आज योजना अनुरुप सत्य लक्की ड्र ले चिठ्ठा नखोले पछी जनसमुदाय आक्रोशित भएका छन् ।

सत्य लक्की ड्र ले टिकट उल्लेख गरिएका प्रत्येक लक्की नम्बरमा उपहार पर्ने जनाएको थियो । उपहारहरुमा मोटरसाइकल ,फ्रिज,साइकल ,टेबल पंखा ,घडी ,कुर्सि ,एलईडी टिभी ,दराज ,कुकर ,मोबाइल आदि सामग्रीहरु उपलब्ध गराइने उल्लेख गरिएको थियो ।

तर आज उपहार लिने दिनमा टिकट भएका जनसमुदाय रित्तो फर्किने पर्ने अवस्था सिर्जना भएको छ । जनसमुदायको पैसा संकलन गर्ने झुटा जालमा फसाएर सत्य लक्की ड्र ले जनसमुदायलाई उल्लु बनाउने प्रयास गरेको नाम नभन्ने सर्त एक व्यक्तिले बताए ।

अहिले कबर्ड हल देखि जिरो माइल सम्म हजारौ मानिस जम्मा भइ विरोधमा उत्रिएका छन् । जनसमुदायलाई रोक्नको लागि प्रहरी परिचालन गरिएको छ ।

करिब १८ हजार जनसमुदायले टिकट कटाएको आयोजक गौशाला -४ निवासी लालबाबु साहले बताए ।

आयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनसमुदायको पैसा फिर्ता गर्ने र आयोजकमाथि मुद्धा चलाउने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रंजन मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

14 घन्टा पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

2 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

11 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

11 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

14 घन्टा पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

11 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

11 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

12 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

21 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..